म्याग्दीको मंगला गाउँपालिकाका १६ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई गरिमा विकास बैंक बावियाचौर शाखाले शैक्षिक साम्रागी सहयोग गरेको छ । बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत सोमबार मंगला माविमा आयोजित वित्तिय साक्षरता कार्यक्रममा गाउँपालिका भित्रका ८ मावि विद्यालयका प्रअ सहितको उपस्थितीमा विपन्न र जेहेन्दार विद्यार्थीलाई झोला, स्टेशनरी साम्रागी वितरण गरिएको शाखाका कर्मचारी खिम बुढाले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विद्यार्थीलाई वित्तिय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउन सकेमा दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरुका बारेमा जानकारी हुने बताउनुभयो ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बैंकमार्फत कारोबारका बारेमा जानकारी हुदाँ योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा सहज हुने बताउनुभएको थियो ।

सोही अवसरमा सारदा माविका प्रधानाध्यापक खगेन्द्र सापकोटा, महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले विद्यालयमा वित्तीय जागरणका कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

सोही अवसरमा शाखा प्रबन्धक जित गर्बुजाले बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमका ८ वटै विद्यालयका प्रअ, विद्यार्थी सहित सरोकारवाला निकायको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षत मंगला माविका प्रअ गमबहादुर खत्रीले गर्नुभएको थियो । गरिमाको म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, पोखरेबगरमा शाखा रहेको छ ।

Leave a Reply