म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौर नालिङ्गबारीका ७४ बर्षिय लालबहादुर किसान २३ बर्षदेखि पक्षघात (प्यारालाइसिस)ले थला परेका छन्। आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका लालबहादुरको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन ।

बेनी–बागलुङ सडकखण्ड सँगै टिनको जस्तापाता हालेर बसेका बृद्धले घिस्रिएर घरबाहिर सम्म आउने गरेका छन् भने घरायसी काम र शौचालयमा जान समेत बिरामी छोराकै साहरा चाहिन्छ । मानसिक सन्तुलनमा समस्या भएको छोराको समेत कमाई नभएपछि लालबहादुरको विचल्ली भएको छ ।

चरम गरिबीकै कारण अर्काको जग्गा बार्षिक १० हजार भाढा लिने गरी बसेका लालबहादुरलाई बिहान–बेलुकी हातमुख जोड्न समेत धौ–धौ हुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या र खाद्यान्नको अभावले घर खर्च चलाउन समेत निकै समस्या छ। मजदुरी गरेर घर खर्च चलाउनुपर्ने अवस्थामा छोरा समेत बिरामी परेपछि भोकभोक सुत्नुपरेको भन्दैगहँभरि आँशु पार्दै भक्कानिए ।

’पकाउने अन्न नहुदाँ भोकभोकै बस्नुपर्छ,‘सानो सहयोग पाए पेटभरी खान पाइन्छ भन्ने आश लाग्छ’ लालबहादुरले बेनीअनलाइनलाई भने । सडकसँग जोडिएको बस्ने घरको अवस्था हेरेर सबैले आफ्नो अवस्थाका बारेमा बुझ्न सक्ने उनले बताए । गाउँले र केही सहयोग जुटाएर खर्च गर्ने गरेको लालबहादुरको भनाई छ । कमजोर टिनको जस्तापाता हालेर बसेको जग्गाको बार्षिक् १० हजार भाढा तिनुपर्ने उनले बताए ।

प्यारालाइसेस भएर लडिरहेको अवस्थामा कमाउने मान्छे घरमा नहुदाँ बिजोग हुने एउटा उदाहरण लालबहादुर भएको स्थानीय यूवा विष्णु कार्की क्षत्रीले बताए । ‘कमाउने मान्छे कोहि नभएपछि परिवारको बिजोग भएको छ,‘नगदभन्दा खाद्यान्न सहयोग भए सहज हुन्छ’ छिमेकी क्षत्रीले भने ।

उनले भोकभोकै बस्दा लालबहादुर दैनिक २–३ पटक बेहोस समेत हुने बताए । उनले लालबहादुर बेहोस हुदाँ तत्कालै आवश्यक पर्ने प्राथमिक उपचार समेत नपाएको भन्दै सहयोग सहित उपचारमा समेत सघाउने भानु माविका प्रअ भरत खत्रीले अपिल गरेका छन् । थप जानकारी र सहयोगका लागि विष्णु कार्की क्षत्रीको नं 9847649913मा सम्पर्क गर्नुहोला

 

Leave a Reply