म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेतका उपभोक्ताले आर्थिक संकलन गरी खानेपानीको मुहान संरक्षण गरेका छन् । भालुदुला खानेपानी उपभोक्ताको पहलमा संरक्षण भएको हो । सरोकारवाला निकायलाई पटकपटक अनुरोध गर्दा समेत बेवास्ता भएपछि उपभोक्ताले आफ्नै प्रयासमा आर्थिक संकलन गरी मुहानको सरसफाई सहितको कार्य गरेको उपभोक्ता खोमराज पौडेलले बताउनुभयो ।

‘मुहान संरक्षण नहुदाँ खानेपानीको अभाव हुन थालेको थियो,‘अझै काम पुरा भएको छैन’ पौडेलले भन्नुभयो । उपभोक्ताले पहिलो चरणमा एक लाख सात हजार खर्च गरेका थिए । खानेपानीको मुहानबाट हाल २ सय घरधुरीलाई समेत अभाव भइरहेको छ भने नियमित मर्मत सहित संरक्षण गर्न सकिएमा करिब ५ सय घरधुरीलाई सहज हुने बताइएको छ । स्थानीय उपभोक्ताले बेनी नगरपालिका तथा अन्य सरकारी निकायबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

 

Leave a Reply