अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मोना पोर्तुगलद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १३ लाख वढि सहयोग

On: June 24, 2022 8:25 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाल संघ ( मोना ) पोर्तुगलले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । म्याग्दीवासी तथा अन्य नेपालीहरुबाट समेत संकलन गरिएको १३ लाख ६० हजार चार सय चौरानब्बे रुपैयाँ आविस्कार केन्द्रको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जम्मा गरिएको मोना पोर्तुगलका महासचिव दिपु फगामीले जानकारी दिनुभयो ।

मोना पोर्तुगलले गत जेठ २४ गते राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक रोमन म्यागेसेसी पुरस्कार विजेता महाविर पुन संगको अन्तरक्रिया कार्यक्रम आयोजना गरि रकम संकलन गर्ने घोषणा गरेको थियो । संस्थाको सामाजिक उत्तरदायित्व स्वरुप आर्थिक सहयोग संकलन गरि आविस्कार केन्द्रलाई सहयोग गरिएको मोना पोर्तुगलका अध्यक्ष रविन पुनले बताउनुभयो ।

संस्थाले संचालन गरेको अभियानमा रकम सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु प्रति अध्यक्ष पुनले हार्दिक आभार समेत प्रकट गर्नुभएको छ । मोना पोर्तुगलले जिल्लाका शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएका विरामीहरुको उपचार, विपन्नबर्गलाई खाद्यान्न सहयोग लगायतका सामाजिक गतिविधिहरुमा सहयोग गर्दै आईरहेको छ ।