किशोरी भएकै कारण भोग्नुपरेका विभेद,अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघातले समाजलाई नै बदनाम बनाइरहेको भन्दै बेनी सामुदायिक माविका किशोरीले सचेतनामुलक कार्यक्रम गरेका छन् ।

किशोरी सञ्जालद्धारा आयोजित बलात्कार तथा हरेक प्रकारका हिंसाको अन्त्य गदैं किशोरी, महिला अधिकारको सम्मान नामका सचेतनामुलक कार्यक्रममा बलात्कार, छाउपडी प्रथा लगायतका अत्यधिक बढ्न थालेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।  किशोरी र महिलाको जीवन बरबाद पार्ने गतिविधिलाई समाजले मिलेर परास्त गर्नुपर्ने सन्देश सहितको नाटक, रचना लगायतका विविध गतिविधि देखाइएको थियो ।

कार्यक्रमको उद्घाटन गदैं प्रधानाध्यापक दिपक श्रेष्ठले महिला र त्यसमा पनि किशोरीको यौनशोषण गर्ने घटना सर्वत्र भइरहेका र बारम्बार दोहोरिने भएकाले न्यूनिकरणमा समाजका हरेक पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।सोही अवसरमा किशोरी सञ्जालमार्फत प्रस्तुत गरिएका सन्देशमुलक अभियन सहितका गतिविधिले सबैको मन छोएको थियो।

म्याग्दीमा समेत महिलाले शारीरिक, मानसिक यातना मात्र बेहोर्नुपरेको छैन कतिपयले त मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्थालाई मध्यनजर गरी हरेक विद्यालयमार्फत किशोरी सञ्जाल बनाएर समुदायसम्म सन्देश प्रवाह गर्नुपर्ने सञ्जालकी अध्यक्ष अस्मिता बुढाको भनाई छ । पछिल्लो समय बढ्दोइन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको पाइन्छ । सन्देशमुलक कार्यक्रमको प्रमुख अतिथि प्रअ श्रेष्ठ, अध्यक्षता सभापति बुढा र सञ्चालन आयुश्मा परियारले गर्नुभएको थियो ।

Leave a Reply