नेपाल औषधि व्यवसायी संघको ४९ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गर्रिएको छ । शुक्रबार अस्पतलामा रहेका बिरामीलाई म्याग्दी शाखाले बिरामीको स्वास्थ्य लाभको कामना सहित फलफुल विताण गरिएको हो । कार्यक्रममा अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेल,संघका पदाधिकारी सहितको टोलीको उपस्थिती रहेको थियो ।

स्थापना दिवसको अवसर नेपाल औषधि व्यवसायी संघ म्याग्दीको प्रथम साधारण सभा समेत सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता अमर प्रसाद पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेशका बरिस्ठ उपाध्यक्ष शिव बहादुर केसी, साबिक धौलगिरी शाखाका उपाध्यक्ष एबं शाखा सल्लाहकार भीम प्रसाद आचार्यले मन्तब्य राख्नुभएको थियो।

कोषाध्यक्ष कुमार बानियाँले प्रतिवेदन सहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । म्याग्दी जिल्लामा रहेका औषधी ब्यवसायीको साझा संस्था संघले कोरोनाको रोकथाम सहितका अभियानमा समेत साथ दिएको थियो भने विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको छ । म्याग्दीमा औषधी ब्यवसायी कानुनी दायरमा ल्याउन विगतमा समेत पटकपटक आवाज उठिरहेको अवस्थामा औषधी ब्यवसायीले समेत मापदण्डको पालना गर्नेमा प्रतिबद्धाता समेत जनाएका छन् ।

Leave a Reply