म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

उपाध्यक्ष घर्ति मगर पुनले आगमी आर्थिक बर्षका लागि ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (सामाजिक सुरक्षा तथा संरक्षण भत्ता बाहेक) को बजेट प्रस्तुत गर्नुभयो । आन्तरिक आयतर्फ ५० लाख,संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ ८ करोड ६४ लाख ७२ हजार,समपुरक अनुदान तर्फ ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ १८ करोड ५० लाख र विशेष अनुदान तर्फ ३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ ४६ लाख ,समपुरक अनुदान तर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ । भने चालु आर्थिक बर्षको मौज्दात तर्फ २ करोड रुपैयाँको बजेट अनुमान गरिएको छ ।

उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्र्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन ,पुर्वाधार विकास ,युवा स्वरोजगार,पर्यटन, सिँचाई,भवन निर्माण,उर्जा,संचार,सामाजिक विकास नीति,आर्थिक विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

गाउँसभामा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी ,वडा नम्बर ३ का वडा अध्यक्ष मोतिप्रसाद बढा , ६ का वडा अध्यक्ष पथबहादुर रोका ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन र गाउँसभा सदस्य तुल्सीदेबी पुर्जाले बोल्नुभएको थियो ।

Leave a Reply