गण्डकी प्रदेश भलिबल संघको चौथो साधारण सभा तथा अधिवेशनबाट म्याग्दीका गंगा केसी कार्यसमितिमा निर्विरोध चयन हुनुभएको छ ।बेनी नगरपालिका–५ डडुवा निवासी केसी पूर्व भलिबल खेलाडी हुनुहुन्छ । जिल्ला भलिबल संघमा समेत आवद्ध केसी पुर्व खेलाडीसँगै प्रशिक्षण र रेफ्रीको भूमिकामा समेत देखिनुहुन्छ ।

पोखराको साईमन पार्टी प्यालेस सृजना चोकको सभा हलमा छ्याम बहादुर थापाको अध्यक्षमा सम्पन्न उक्त अधिवेशन मार्फत नवीन गुरुङले भलिबल संघको नेतृत्वमा चुनिएको थियो । म्याग्दीले यसपटक पदाधिकारीमा दावी गरेको अवस्थामा सबै जिल्लालाई समेट्नुपर्ने भएपछि कार्यसमितिमा प्रतिनिधित्व गरेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । अधिवेशनबाट ४ बर्षे कार्यकाल रहने संघको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ(पर्वत) ,महासचिवमा टहल सिंह थापा(स्याङ्जा), कोषाध्यक्षमा जीवन भण्डारी(कास्की), र सदस्यहरुमा कमला श्रीस(बाग्लुङ), राजेन्द्र जिसि( कास्की) नौराज गुरुङ (लमजुङ) टुकराज गुरुङ (तनहुँ), रमेश श्रेष्ठ (कास्की), गजेद्र बम ( नवलपुर), राजन बाबू श्रेष्ठ (गोरखा) रहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख अतिथ्यता रहेको थियो भने नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका सचिव डिबि, नेपाली नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ अध्यक्ष छ्याम बहादुर थापा, उपाध्यक्ष नवीन कुमार गुरुङ, उपाध्यक्ष देवेन्द्र के सि, उपाध्यक्ष देव नारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो। असार १० गते सम्पन्न यस कार्यक्रम नेपाल भलिबल संघका सचिव डिबि नेपालीले संचालन गरेका थिए।

Leave a Reply