---Advertisement---

ओसाकामा निधन भएका बरंजाका अर्जुन रोक्काको जापानमै अन्त्येष्टि गरिने

On: June 29, 2022 1:47 PM
Follow Us:

आफ्नै कोठामा मृत भेटिएका म्याग्दी जिल्ला मंगला गाउपालिका-४ बरंजाका अर्जुन रोक्का मगरको जापानमा अन्त्येष्टि गरिने भएको छ । ७ वर्षअघि विद्यार्थ भिसामा जापानको ओसाका आएका ३१ वर्षका अर्जुन, विद्यार्थीबाट कम्पनीमा कामदार भिसामा परिवर्तन गरिसकेका थिए ।परिवारका एक्लो छोरा अर्जुनले आउनु भन्दा केहि समय अघि विवाह समेतगरि जापान आएको पारिवारले जानकारी दिएको छ ।

श्रीमती जापान ल्याउने तयारी गरिरहेका रोक्का २ दिन देखि काममा नगएपछि काम गर्ने कम्पनीबाट बस्ने कोठामा खोजिका लागि जाँदा वासिङ मिसिनको डोरिले घाटीमा बेरीएको अवस्था कोठामा नै मृत भेटिएको एनआरएन आईसिसिका सदस्य एवं मोना जापानका पूर्व अध्यक्ष दिपक कार्कीले बताए । उनका अनुसार परिवार तथा कम्पनीको सहमती अनुसार अर्जुनको शवलाई भोलि(जुन ३० तारिक )विहीबार बिहान जापानको ओसाकामा अन्येष्टी गरिने तय भएको छ ।

परिवारका एक्ला छोरा एवं सात बर्षमा एकपटक पनि नेपाल नगएका अर्जुनको शवलाई नेपाल लैजाने परिवारको चाहान भएपनि आर्थिक लगायत विविध कठिनाईले जापानमानै अन्त्येष्टि गर्नु परेको कार्कीले बताए । ६ वर्षसम्म निकै कठिन मानिने विद्यार्थी जिवन बिताएर पनि कम्पनी छनौट गरि कामशुरु गरिसकेका अर्जुनले आफ्नो

मृत्यूआफै रोजेको पोष्टमार्टम रिपोट प्रहरीले कार्कीलाई बुझाएको थियो । आत्महत्याको बाटो किन रोजे भन्ने बारेमा अझैपनि प्रष्ट हुन सकेको छैन् । यसैविच मृतक रोकोका परिवार एवं शव ब्यवस्थापनको लागि सहयोग संकलन शुरुगरेको छ ।