---Advertisement---

अनेरास्ववियु म्याग्दीको २०औं सम्मेलन भदौमा

On: June 29, 2022 10:02 PM
Follow Us:

नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २०औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने भएको छ । विद्यार्थी र पार्टीका केन्द्रीय नेताले सम्बोधन गर्ने सम्मेलन जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजना गरिएको अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको सचिव मिलन खत्रीले बताए ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको संयोजक दर्पण रोका मगरको अध्यक्षतामा मङ्गलवार बसेको सचिवालयको वैठकले सम्मेलनको मिति तय गर्दै त्यसको तयारीमा लाग्न मातहतका कमिटीलाई आग्रह गरेको छ । वैठकले सदस्यता विस्तार तथा नवीकरणलाई निरन्तरता दिइने तथा १०१ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ ।

वैठकमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव एवं जनवर्गीय सङ्गठन विभाग प्रमुख थमसरा पुनमगर, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं एमाले बेनी नगर कमिटी सचिव सुवाश विश्वकर्मालगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।