म्याग्दी प्रवासी नेपाली सघ (मोना) स्पेनले राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग गरेको छ । यूरोपको भ्रमणमा रहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनसँगको भेटघाटको अवसरमा मोना स्पेनले आर्थिक सहयोग गरेको महासचिव सुरेश चोखालले बताउनुभयो ।

म्याग्दीमा जन्मिएर विश्वभर आविस्कारको क्षेत्रमा लोकप्रिय डा. पुनको अभियानमा भविस्यमा समेत सहयोग गर्ने मोना स्पेनका अध्यक्ष रुपेश राम्जालीले बताउनुभयो । उहाँले विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको बताउनुभयो ।

म्याग्देलीसँगको भेटघाटमा डा. पुनले म्याग्देलीबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।आविस्कार केन्द्रबाट विदेशबाट हुने आयातलाई रोक्दै व्यापार घाटा गर्ने र रोजगारीको सृजना गर्ने अभियानमा रहेको बताउनुभयो । यसअगाडी पोर्तुगलमा रहेका म्याग्देलीले समेत सहयोग गरेका थिए ।

महाविर पुनले आविस्कार केन्द्रको सुरुवात गरेपछि पहिलो आर्थिक संकलन अभियान नै म्याग्दीबाट गर्नुभएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गर्नुभएको छ ।

Leave a Reply