काठमाडौं रात्री बस सेवा प्रदान गर्दै आएको म्याग्दी कोरला प्रालिले आइतबारदेखि दिवा सेवा समेत सुरुवात गर्ने भएको छ। विगत आधादशक देखि बन्द रहेको दिवा बस सेवालाई म्याग्दी कोरलाले भोलीदेखि नियमित बेनी-काठमाडौं दिवा सेवा सञ्चालन गर्ने प्रालिका सञ्चालक मोहन केसीले बताउनुभयो । म्याग्दीबाट रात्रीकालिन सेवामा कोरला उत्कृष्ट मानिन्छ । रात्रीकालीन सेवामा ३ वटा बस छ । सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा थप गर्ने निर्णय गरिएको प्रालिका सञ्चालक केसीलेृ बताउनुभयो ।

दुईवर्षदेखि दिवा सेवा सञ्चालन गर्ने तयारी भए पनि कोभिडका कारण सञ्चालन हुन नसकेको र अब निरन्तर रात्री र दिवा सेवा सञ्चालन हुने केसीको भनाई छ । बसमा फ्रि वाईफाई, टिभी, फोल्डिङ सिट हुनेछ । प्रत्येक दिन बिहान ८ बजे बेनीबाट काठमाडौंका लागि र काठमाडौंबाट बेनीका लागि बिहान ८ बजे बस छुट्ने छ । ३० सिटे बसलाई यात्रुको सेवामा लक्षित गरी लक्जरी बाउन२३ सिटे बनाइएको छ भने प्रति यात्रु १४ सय ५० भाडा निर्धारण गरिएको छ । कोरलाले पोखरा र मुस्ताङमा समेत नियमित सेवा दिइरहेको छ।

 

Leave a Reply