छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट भलिबल तर्फ म्याग्दीकी अरुणा शाही सम्मानित हुनुभएको छ । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रीकेटकि मणिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटर सहित अवार्ड प्राप्त गर्नुभएको हो ।

नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी कप्टान समेत रहनुभएकी अरुणाले यश अघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जित्नुभएको थियो । म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएको थियो ।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) सहित अरुणाकै कप्तानीमा लगातार दुईपटक नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप भएको थियो । हालै नेदरल्याण्डमा सम्पन्न् अन्तराष्ट्रियस्तरको महिला भलिबल प्रशिक्षणमा सहभागी भएर आउनुभएकी शाहीले २०६४ सालदेखि भलिबल खेल्न सुरू गर्नुभएको थियो ।

 

 

Leave a Reply