पोखरामा जारी गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद अन्तर्गत महिला भलिबल तर्फ म्याग्दी सेमिफाइलनमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न भएको खेलमा म्याग्दीले मुस्ताङलाई सोझो सेटले पराजित गरेको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले बेनीअनलाइनलाई जानकारी दिनुभयो।

प्रदेशका १० जिल्लाको सहभागिता रहेको प्रतियोगिता म्याग्दी उद्घाटन खेलमा मुस्ताङलाई पराजित गरेपछि सिधै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सविता बुढाथोकीको नेतृत्वमा रहेको महिला भलिबल टोलीले फाइनल प्रवेशका लागि शुक्रबार स्याङ्जासँग प्रतिस्पर्धा गर्ने छ ।स्याङ्जा महिला बलियो प्रस्तिपर्धी मानिएपनि म्याग्दीले रणनिती सहित मैदानमा उत्रिने भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो । प्रतियोगितामा पुरुष टोली तनँहुसँग पराजित भएको छ ।

Leave a Reply