पोखरामा जारी ११ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद अन्तर्गत महिला कबड्डीमा म्याग्दी फाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगितामा म्याग्दीले स्याङ्जालाई १६–५०ले पराजित गरेको म्याग्दी कबड्डी संघका अध्यक्ष राजकुमार परियारले जानकारी दिनुभयो।‘उपाधीको दावेदारलाई नै फराकिलो अन्तरले पराजित गरियो,‘थप योजनाका साथ फाइनलमा खेल्नेछौ’ प्रशिक्षक समेत रहेका परियारले भन्नुभयो ।

म्याग्दीको महिला टिमको नेतृत्व गिता थजालीले गर्नुभएको थियो ।प्रतियोगिताको पहिलो खेलमा ३०–८० ले पराजित गरेको थियो । प्रतियोगितामा कास्कीलाई उपाधीको दावेदार मानिएको थियो। म्याग्दीको महिला टोलीले पहिलो खेलमै देखाएको खेलबाट अन्य जिल्लाका प्रतियोगीलाई समेत झस्काएको थियो ।

म्याग्दीको महिला टोलीले नवलपुर र बागलुङ बिचको खेलको विजेतासँग उपाधीका लागि खेल्ने छ । म्याग्दीको पुरुष टोली बागलुङसँग पराजित भएको थियो । कबड्डी खेलमा म्याग्दीको रणनीति र खेलाडी बिचको तालमेलले फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको टोलीको भनाई छ । म्याग्दीमा फुटबल, भलिबलपछि कबड्डी खेल विशेष लोकप्रियता कमाएको खेल मानिन्छ ।

Leave a Reply