पोखरामा जारी ११ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद अन्तर्गत महिला कबड्डीको म्याग्दी च्याम्पियन बनेको छ । पोखरामा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो ।बिहिबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई १६–५०ले पराजित गरेको थियो ।

कबड्डीको महिलातर्फको खेलमा म्याग्दीले उद्घाटन खेलमै ८०–३० ले कास्कीलाई पराजित गरेको थियो ।
प्रतियोगितामा महिलातर्फ प्रदेशमै कास्कीलाई उपाधीको दावेदार मानिएपनि उक्त प्रतियोगितामा कास्कीलाई फराकिलो अन्तरले पराजित गरेपछि म्याग्दीसँगको प्रतिस्पर्धामा रहेको समुह दवावमा परेको थियो ।

म्याग्दी कबड्डी संघका अध्यक्ष राजकुमार परियारले म्याग्दी स्वर्ण पदक जित्न गरेको प्रयास सफल भएको बताउनुभयो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी सहितको टोली समेत उपस्थित रहेको थियो । म्याग्दीमा फुटबल, भलिबलपछि कबड्डी खेल विशेष लोकप्रियता कमाएको खेल मानिन्छ । यसैबीच महिला भलिबलतर्फ म्याग्दी तेस्रो भएको छ । पुरुष भलिबल र कवड्डीमा भने समुहचरणबाटै म्याग्दी बाहिरिएको थियो ।

Leave a Reply