बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शुक्रवार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो ।

बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कांस्य पदक सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् ।

असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कांस्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कांस्य, भलिबल छात्र तर्फ एक कांस्य कबड्डी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कांस्य पदक जितेर सनसनी मच्चाएको छ ।

नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कांस्य तथा कबड्डी छात्रातर्फ १ कांस्य पदक प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कांस्य, कराँतेमा १ कांस्य तथा भलिबल छात्ररछात्रा तर्फ १र१ स्वर्ण प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगिताबाट राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ ।

उनीहरूलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरू यही असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए ।

राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौँमा सञ्चालन हुनेछ ।

Leave a Reply