-विनय श्रेष्ठ, बेनी, म्याग्दी ।
ST Creation Management Pvt. Ltd. ले पाेखरामा Miss Magar Nepal Season 5 (A cultural Talent Show) आयाेजना गरेकाे र श्रावण ६ गते हाेटल पाेखरा ग्राण्डमा Grand Finale हुने साे प्रतियोगितामा म्याग्देली चेली मिलन थापा मगरले सहभागीता जनाएकी छिन । न्यु वेष्ट पाेईन्टबाट एसईई पास भएकी र प्रकाश माविबाट विज्ञान विषयमा कक्षा १२ काे परीक्षा दिई रिजल्ट कुरिरहेकी म्याग्दी जिल्ला बेनी नगर पालिका वडा नम्बर १० कि मिलन सानैदेखि नृत्यमा रुचि राख्ने कलाकार हुन । उनले विद्यालय उमेर समुहमा नै विभिन्न नृत्य प्रतियोगितामा पुरस्कृत भएकी कलाकार हुन । “टिकटक क्वीन” ले परिचित साथै म्युजिक भिडियोमा समेत अभिनय गरेकी र जिल्लाका मेला महाेत्सवमा हुने नृत्य प्रतियोगितामा समेत नियमित सहभागी भै पुरस्कृत मिलन पछिल्लो समय प्रकाश मावि बेनीबाट प्रतिभा प्रष्टफुटन कार्यक्रममा नृत्य तर्फ जिल्ला प्रथम भै गण्डकी प्रदेशमा द्वितीय भएपछि उनकाे चर्चा चुलिएको थियो ।
“प्रतियोगितामा सहभागी जनाउन पाउँदा निकै उत्साहित छु । हरेक दिन नयाँ नयाँ ज्ञान हासिल गर्ने माैका मिलेकाे छ । विशेषगरी नेपाल सांस्कृतिक रुपमा निकै धनी रहेछ । ईतिहासदेखि वर्तमानसम्म बुझ्ने, नयाँ साथी-नयाँ प्रशिक्षकहरुसंग घुलमिल हुने अवसर जुटेको छ । आफुलाई परिपक्व हुदै गएकाे महशुस गरेकाे छु । यसकाे लागि आयाेजक परिवार आभारका पात्र हुनुहुन्छ ।” उनी उत्साहित हुदै थप्छिन्-“मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने गरि मेहनत गरेकाे छु । जिल्लाकाे नाम राख्ने धाेका छ । यसकाे लागि अब तपाईहरुकाे साथ र सहयाेगकाे खाचो छ । जसकाे लागि Miss Magar Nepal काे आधिकारिक पेजमा गै प्रतियाेगी नम्बर ७ काे मिलन थापा मगरलाई Like, Comment र Share गरिदिनु हुन सादर अनुरोध छ ।”
शिरमा धाैलागिरी हिमाल, पाउमा कलकल बग्ने काली गण्डकी नदि । जब घाेरेपानी पुन हिल अनि टाेड्केमा लाली गुराँस फुल्छ तब यानीमाया र झ्याउरे भाकामा कस्तुरी मृग ना‍ँच्दछन् । मुक्तिनाथकाे प्रवेशद्वार यस पवित्र भुमिबाट गलेश्वर मन्दिर हुँदै संसार कै गहिराे अन्धगल्छि र मनमाेहक रुप्से छहराले स्वागत गर्दछ । हाे, यहि स्वर्गकाे टुक्रा अनि मगर जातीकाे बाहुल्यता रहेकाे म्याग्दी जिल्लामा २२ वर्ष अघि जन्मेकि मिलन थापा भविष्यमा स्वास्थ्यकर्मी बनी दीनदुःखी र जेष्ठ नागरिकको सेवा गर्ने सपना बुन्दै गर्दा मिस मगर नेपाल २०२२ काे पाचौं संस्मरणमा भाग लिई समाज सेवा गर्दै फुर्सदको समयमा नाँच्ने, सन्देशमुलक टिकटक बनाउने र नयाँ नयाँ ठाउँ घुम्ने चाहना बाेकेकी म्याग्देली चेलीकाे याे कदम स्वागत याेग्य छ ।
भनिन्छ , मानिस सर्वश्रेष्ठ प्राणी हाे । जन्मदा एक्लै जन्मन्छ , मर्दा एक्लै मर्दछ तर असल काम गरेर नाम राखि मर्नु पर्दछ । कुनै बेला “बेनीकाे बजार जतामाया उतैछ नजर” गितले परिचित म्याग्दी पछिल्लो समय डाक्टर महावीर पुन, चन्द्रप्रकाश वानिया, मन छन्त्याल श्रेष्ठ, टीका बहादुर श्रेष्ठ, निर्मल पुर्जा, खड्क गर्बुजा, अरुणा शाहि, तारादेवी पुन, कमला पुन, सपना मगर, धनञ्जय कुमार श्रेष्ठ , शक्ति गाैचन, बिन्दु पुन, प्रकाश दुतराजले विश्व सामु चिनाएकाेछ । लक्की सेभेन प्रतियाेगी मिलन थापा मगरकाे याे कदम मिस मगर नेपाल बनेर म्याग्दीलाई चिनाउन काेशेढुङ्गा सावित हाेस् । सबैकाे साथ र सहयोग रहाेस् । शुभकामना !

Leave a Reply