मिस एसईई पोखरा–२०२२ को उपाधि म्याग्दीकी लिया पुनले जितेकी छिन् । शनिबार पोखरामा सम्पन्न भएको प्रतियोगितामा जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी कोटगाउँकी लिया पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

मिस एसईई घोषित हुनुअघि उनले व्यक्तिगत स्पर्धातर्फ मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधी समेत पाएकी थिईन् ।
विजेता पुनले नगद ५ हजार र एउटा स्कुटरका साथै विभिन्न गिफ्ट ह्याम्पर पाएकी थिईन् ।

म्याग्दीको न्यु वेष्ट प्वाइन्ट आवासीय माविबाट एसईई दिएकी पुनले आफ्नो मेहनत अनुसारको उपाधी प्राप्त गरेको बताईन् । ‘मलाई सहयोग गर्ने सबैलाई धन्यवाद, अब केहीबर्ष पढाईलाई प्राथमिकता दिन्छु’ पुनले भनिन्।

विजेता पुनले भविष्यमा स्वास्थ्य क्षेत्रमा सक्रिय हुने लक्ष्य सहित अहिले स्टाप नर्सको कोर्ष गरेकी छन् भने स्वास्थ्य क्षेत्रसँगै नायिका बन्न अभियनको क्षेत्रमा समेत सक्रिय हुने चाहना रहेको बताईन् ।  हरेक बर्ष एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने गरिएको इभेन्ट्स फर यू संस्थाले जनाएको छ ।

 

Leave a Reply