गरिबी र अभावले अभिभावक बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा संर्घष गरिरहेको बेलामा गाउँघरमा दौडँदा दौड्दै म्याग्दीमा हालै सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा पदक जितेर गण्डकी प्रदेशस्तरीय खेलकुदको मैदानमा पुगेका छन् ।
उनीहरूको सफलताले विद्यालयसँगै अहिले घरमा रौनक छाएको छ । भुईमान्छे भएर संघर्ष गरेकी आमा, खाडीमा पसिना बगाएका बुबाको आँखामा बग्ने आँसुको अर्थ मात्र फेरिएको छैन अनुहारमा खुशीको चमक पनि थपिएको छ । तीनैजना खेलाडी म्याग्दीका एथ्लेटिक्सकी सुन्दर भविष्य हुन् ।
स्थानीय खेलाडीको पहिचान गरी लगानी गर
तीनबर्ष अगाडी बैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र ओमन पुगेकी मायाँदेवी किसानले गएको जेठ १५ गते श्रीमानलाई गुमाईन् । जन्डिसबाट ग्रसित श्रीमानको उपचारको क्रममा मृत्यु भएपछि विक्षिप्त भएकी मायाँदेवी घर आउने अवस्था थिएन्। परिवारको खुसीका लागि दैनिक काममा ब्यस्त हुने गरेकी मायाँदेवीलाई बेनीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा छोरा समीर किसानले उसु खेलमा स्वर्ण पदक जितेको खवर सुन्दा वित्तिकै रोईन् ।
चरम गरिबीले घरेलु कामदारको परिचय बोकेर समुन्द्रपारी पुगेकी मायाँदेवीलाई प्रशिक्षक विनै अभ्यास गरेर स्वर्ण पदक जितेका छोराले उर्जा थपिदिएको छ । श्रीमानलाई घरमै छोडेर खाडी पुगेकी मायाँदेवीले छोराको मेडलको तस्वीर हेरेर भाबुक समेत भएकी थिईन् । बेनी नगरपालिका–६,खैरेनीका किसानले गरिबको दुख, कष्ट, अभावलाई झेल्दै मेहनत र परिश्रमबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएका छन् ।
छोटो तयारीमानै जिल्लास्तरी खेलमा स्वर्ण र प्रदेशस्तरको खेलमा अनुभवी, नियमित अभ्यासमा रहेका प्रतियोगीसँग प्रतिस्पर्धा गर्दा नतिजा निराशाजनक आउनु स्वभाविक भएपनि गरिबीको चपेटामा परेर राहादानी बेकेर ओमन पुगेकी ममताकी खानी आमाको सपना पुरा गर्न खेलबाट नाम र दाम कमाउने लक्ष्य लिएर अगाडी बढेका छन्। खेलाडीको पहिचान गरेर लामो अभ्यास गराउन नसक्ने नेपाली परम्परा अहिले पनि विद्यमान छ।
म्याग्दीमा गरिबीलाई जितेर पदक जितेकी सुष्मा परियार, सविना विक, भुमिराज नेपाली र सुष्मा परियारएउटा उदाहरण बनेका छन् । प्रतिकूल परिस्थितिमा पनि यो समाजमा एक होईन ५ वटासम्म पदक भिरेर हिड्न सक्ने आफ्नै मेहनतबाट भएका हुन् । हेर्दा सामान्यजस्तै लाग्न तर त पदक प्राप्त गरेका खेलाडीको संघर्षको कथाले सबैलाई भाबुक बनाउँछ। पदक जितेकाहरुमध्ये यहाँ चर्चा गरिएका समिरकी आमा र अन्य खेलाडीका बुबा विदेशमा छन् ।
विपन्न परिवारमा हुर्किएका खेलाडीलाई हाम्रो समाजले नै हामीलाई खेलकुलमा लाग्नबाट निरुत्साहित गर्दै आएको छ भने आर्थिक हैसियत बलियो भएकाहरूले छनौटदेखि आफ्नो रहर पूरा गर्नका लागि मात्र खेल खेलिन्छ । म्याग्दीदेखि देशभरीका खेलाडीले भोकेको तितो यथार्थ हो। पहिलो स्थानीय तहमा चुनिएका जनप्रतिनिधिले खेलकुदमा भन्दा धेरै तालिम र कार्यकर्तालाई खुसी बनाउने बजेट बनाए, अहिले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले समेत खासै चासो दिएका छैनन् ।
स्थानीय प्रतिभाहरूको पहिचान हुने, उनीहरूको प्रतिभा निखार्दै भविष्यमा एउटा स्तरीय खेलाडी उत्पादन गराउन सक्ने संरचनाका प्रतियोगिताहरू गर्न स्थानीय तहको भूमिका देखिएको छैन् । खेलकुदमा खेलाडीको आर्थिक, मानसिक स्वास्थ्यका विषयले अझै पनि प्राथमिकता पाउन सकेको छैन । खेलाडीको घरायसी समस्यालाई ब्यक्तिगत समस्या मात्र मानिन्छ ।
खेलाडीको क्षमता र सफलताको आकार अनुसारको साथ पाएमा मात्रै खेल क्षेत्रमा समीर जस्ता खेलडीलाई टिकाउन र बिकाउन सकिन्छ । उनीहरूले भोगेका आर्थिक, मानसिक पीडाबारे विश्लेषण गरेर समाधान खोजिनुपर्छ । हतारमा प्रतियोगिता राख्दैमा खेलाडी उत्पादन हुन्छन भन्ने भ्रम अव छोड्नुपर्छ । खेलाडीलाई प्रोत्साहन, नियमित अभ्यासमा बजेटसँगै खेलकुद गतिविधिलाई स्थानीय तहले उच्च प्राथमिकता दिन आवश्यक छ । सोमबार प्रकाशित बेनी साप्ताहिक समाचारपत्रबाट