म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पूर्जा (पवन) तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागीताका लागि छनौट भएका छन् । मार्सल आर्ट अन्तरगतको विधामा बेनीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेर गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका पूर्जाले प्रदेशमा समेत स्वर्ण जितेका थिए ।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत पूर्जाले पदक जित्न निरन्तर अभ्यास गरेको बताए । उनले विगतको अनुभवलाई यसपटक पदक जितेर मात्रै पूरा गर्ने बताए ।  जिल्ला तेक्वान्दो संघका सदस्य विनोद प्रधानका अनुसार प्रदेशमा ४८ केजी तौल समुहमा स्वर्ण जितेका पूर्जाले यसपटक राष्ट्रियस्तरको खेलमा समेत पदक जित्ने गरी तयारी गरेको बताए । म्याग्दी मार्सल आर्ट अन्तरगतको तेक्वाण्डो, कराँते र उसु विधामा गण्डकी प्रदेशमा पदक जित्ने जिल्लामा पर्छ ।

Leave a Reply