अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कतारमा पीडित बनेका म्याग्देलीको मोना कतारले गर्‍यो उद्धार

On: July 13, 2022 7:10 PM
Follow Us:
---Advertisement---

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले एक पीडितको कतारबाट उद्धार गरेको छ । वैदेशिक रोजगारीका क्रममा एक वर्षदेखि कतारमा रहे पनि विविध समस्यामा परी नेपाल फर्कन असमर्थ एक म्याग्देलीलाई संघले उद्धार गरी नेपाल पठाएको हो ।

जिल्लाको मालिका गाउँपालिका सिस्नेरीका हस्तबहादुर सुनार अवैधानिकरूपमा कतारमा रहेको जानकारी पाएपछि संस्थागत रूपमा उनको उद्धार गरिएको मोना कतारका अध्यक्ष नरेन्द्र फागामीले बताए । नेपालबाट श्रम सम्झौता गरेर आएको कम्पनी छोडेर अवैधानिक रूपमा काम गर्दै आएका सुनार बिरामी परेपछि थप समस्यामा परेको फगामीले जानकारी दिए ।

संस्थागत रूपमा टिकट व्यवस्थापन र काउन्सेलिङ गर्दै कतार एयरवेजमार्फत मंगलबार राति उनलाई नेपाल पठाइएको मोना कतारले जनाएको छ । सन् २००३ मा स्थापना भएको सामाजिक संस्था मोना कतारले जिल्ला तथा कतारमा समस्यामा परेका हरेकलाई आवश्यक सहयोग गर्ने गरेको छ ।