---Advertisement---

म्याग्दीका दिपेश पूर्जाले राष्ट्रिय खेलमा रजत पदक जिते

On: July 13, 2022 8:55 PM
Follow Us:

म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पूर्जा (पवन)ले राष्ट्रिय खेलमा रजत पदक जित्नुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं १ बेग घर भएका पूर्जा काठमाण्डौमा जारी १२ औं राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशबाट ४८ केजी तौल समुहमा रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो।

‘खेलमा धेरै सुधार भएको छ,‘अबका खेलहरूमा थप उपलब्धी हासिल गर्न सक्छन्’ प्रशिक्षक प्रधानले भन्नुभयो । मार्सल आर्ट अन्तरगतको विधामा बेनीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेर गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी पूर्जाले प्रदेशमा समेत स्वर्ण जित्नुभएको थियो ।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत पूर्जाले पदक जित्न निरन्तर अभ्यास गरेकाले यसपटक प्रदेशलाई पदकको अपेक्षा गरिएको थियो । जिल्ला र प्रदेशमा सोचेजस्तो नतिजा आएपनि राष्ट्रियस्तरको खेलमा भने दोस्रो स्थानमा चित्त बुझाउनुपरेको जिल्ला तेक्वान्दो संघले जनाएको छ । म्याग्दी मार्सल आर्ट अन्तरगतको तेक्वाण्डो, कराँते र उसु विधामा गण्डकी प्रदेशमा पदक जित्ने जिल्लामा पर्छ ।