अरिङ्गालका गोला खोज्नेपछि यूवाहरूले होटलमा बिक्री गर्छन् । हिजोआज दैनिजसो जोखिम मोलेर अरिङ्गालको गोलो झार्न म्याग्दीका विभिन्न जंगल चाहार्नेको ताँती नै लागेको छ । पछिल्लो समय बेनी नगरपालिका–७ विरेन्द्रचोककी सिर्जना भट्टचनले ग्राहकको चाहना अनुसार सिजनमै अरिङ्गालको ‘फ्राई’ बेच्ने गर्नुभएको छ ।

होटल ब्यवसायी भट्टचनले प्रतिप्लेट अरिङ्गाल लार्भाको परिकार ५ सय रुपैयाँमा बिक्री मात्रै गर्नुभएको छैन माग बढेपछि लार्भा प्याकिङ गरेर राजधानीसम्म पठाउने गर्नुभएको छ । यसको व्यापार हुन थालेपछि होटल ब्यवसायीले नियमित खोजी गर्ने गरेका मात्रै छैनन् सिजनमा ३–४ लाख आम्दानी समेत गर्ने गर्नुभएको छ ।

अरिङ्गालको लार्भाबाट राम्रो आम्दानी हुन थालेपछि पोला संकलन गर्ने यूवाहरुलाई समेत अहिले सहज भएको छ । यसबर्षपनि सिजनको सुरुवातमै अरिङ्गालका पारखी खोज्दै आउन थालेपछि ब्यवसायी भट्टचन उत्साहित हुनुहुन्छ । ‘ग्राहकहरुबाटै ल्याइदिनुपर्यो भन्नुहुन्छ,‘मैले ४-५ लाखसम्मको खरिद गर्र्छु’ उहाँले भन्नुभयो ।

साढे तीन दशक देखि होटल रोजिनाको नामबाट होटल ब्यवसायमा सक्रिय रहेकी भट्टचनले विगत तीन बर्षदेखि सिजनको सुरुसँगै अरिङ्गालले गोलो खरिद गरी ग्राहकलाई बेच्ने गर्नुभएको छ । ‘यसपटक पनि काठमाण्डौबाट समेत फोन आउन थालेको छ,‘सिजनको सुरुवात भएकाले माग अनुसार पाउन मुस्किल छ । अरिङ्गालको परिकार निकै स्वादिलो हुने भएकाले पनि खोजीखोजी आउने गरेको भट्टचनको भनाई छ । दैनिक १० लेखि १५ पिलेटसम्म विक्री हुने गरेको छ ।

अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने भएकाले पनि यूवाहरुले आधुनिक औजार सहित विभिन्न घरेलु उपकरणको प्रयोग गरी अग्ला रुखमा चढेर अरिङगालले गोलो पोल्न गर्दछन् । विगत दुईबर्ष कोरोनाको जोखिमले बिक्री नगरेको समेत उहाँले बताउनुभयो । काँचो अरिङ्गाल र फ्राई दुबै बिक्री गर्ने गरिएको छ । यूरिकएसिड, नशा, बाथ रोगीले अरिङ्गाल खोज्ने गरेका छन् । सिजनमा अरिङ्गल पोलेरै ग्रामिण क्षेत्रका यूवाहरुले मनग्य आम्दानी गर्ने गरेका छन् ।

गाउँमा बेरोजगार यूवालाई आम्दानीको स्रोत भएको बताउँदै भिर महजस्तै अरिङ्गाल पोल्न सरकारले लाइसेन्स दिनुपर्ने पर्नेमा यूवाहरुको माग छ । विशेषतः लार्भा र उढ्न नसक्ने बच्चालाई खानमा प्रयोग गरिन्छ । विषालु अरिङ्गाल स्वादिलो हुदैन् । सामुदायिक तथा बन जंगलमा विना अनुमति अरिङ्गाल पोल्ने कार्यका बारेमा सरकारी निकायमा समेत प्रष्ट नियम छैन् । सिजनमा अरिङ्गालले टोकेर ज्यान जाने र घाईते समेत हुने गरेको छ ।
अरिङ्गाल देखाउँदै बेनीकी सृजना भट्टचन ।

Leave a Reply