हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीको ‘हास्ने बोल्ने गरे पो माया बढ्छ’ बोलको गीत गीत बजारमा आएको छ । जन्मदिनको अवसरमा पारेर विगतका दिनहरुको सम्झनामा असफल प्रेममा आधारित गीत युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । सुमधुर लय तथा उत्कृष्ट शब्द सहितको उनको पछिल्लो गीतमा माया प्रेमलाई कलात्मक रुपमा भिडियोमा उतारिएको छ ।

रवि कार्की र दिलु मगरको आवाज रहेको सो गीतमा प्रविण खत्रीको शब्द सिर्जना रहेको गीतमा रवि कार्की आफैले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका छन भने निक्स शर्मा र रुविना अधिकारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

गायक कार्कीले म्यूजिक भिडियोले यूवापूस्तालाई समेत आर्कषित गर्ने बताए । ‘रिजिल भएको सुरुवातमै राम्रो प्रतिक्रिया आएको छ,‘सुझाव अनुसार आगामी दिनमा अझै राम्रो गर्छु’उनले भने । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीको यसअगाडी पञ्चेबाजाको लोकदोहोरी गीति एल्बम ‘बेनीबजारमा झर मायालु’, लोकदोहोरी ‘मायाँ के रैछ’ र ‘जाम सुस्तै’ भन्ने गितले लोकप्रिय भएको थियो ।

Leave a Reply