शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे गरिएको सडकमा नयाँ भाडारद कायम गरेको छ ।

कालोपत्रे भएको खण्डमा साविकको भाडामा ५० प्रतिशत भाडा घटाउने र कच्ची सडकमा साविक बमोजिमकै भाडा कायम गर्ने निर्णय गरेपनि निजी जिप र बोलेरोको ब्रमहलुटलाई भने बैठकले छुन सकेन ।  ग्रामिण क्षेत्रमा बोलेरो र निजी प्रयोजनका लागि खरिद गरिएका रातो नं प्लेट भएका सवारीसाधन स्घोषित भाडाबाट आजित भएका सर्वसाधारणलाई भाडादरको निर्णय,‘ ’काग लाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै नै भएको छ ।

पश्चिम म्याग्दी जोड्ने एकमात्रै बेनी–दरबाङ सडकखण्डमा यो निर्णय लागु भएपनि जिल्लाका अन्य ग्रामिण क्षेत्रमा भने पूरानै भाडाक कायम गरिएको अवस्थामा निजी सवारीसाधनले आफुँ अनुकुल भाडा असुल्ने, क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेपनि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहका साथै जिल्ला ट्राफिक कार्यालयले समेत आँखा चिम्लिने गरेको छ ।

भाडादर निर्धारण समितिले तोकेको भाडादर बारे यात्रु बोक्ने निजी सवारीसाधन बेखवर छन् । यात्रु अनुकुलको ठाउँमा पुगेर जोखिम मोलेर यात्रु बोक्ने गरेको पाइएको छ । निजी प्रयोगका लागि ल्याइएका जिपले अनाधिकृत रुपमा यात्रु ओसार प्रसार गर्दै आफ्नै शुल्क लिने गरेको यात्रुले नै गुनासो गर्ने गरेका छन् ।‘तोकिएको भाडा नाम मात्रैको हो,‘तोकिएको भन्दा धेरै तिर्नुपरेको छ’ एक यात्रुले बेनीअनलाइनलाई भने ।

म्याग्दीका सबै स्थानीय तहबाट सदरमुकाम बेनीमा आउँदा यात्रु बोक्ने अनुमति पाएका सवारीसाधनभन्दा निजी प्रयोजनका लागि सामान ढुवानी गर्न ल्याइएका बोलेरोमा जोखिम मोलेर आउने गरेको पाइएको छ । बस्ती–बस्तीमा पुगेको कच्ची सडकमा निजी तथा यात्रु बोक्ने सवारीसाधनले मनपरी भाडा लिने गरेको अवस्थामा भाडादर निर्धारण समितिका अध्यक्ष प्रजिअ तथा सदस्यहरू बेखबर भने छैनन् ।

बेनी–पुलाचौर सडकखण्डको ७ किलोमिटरमा २५०–२७० रुपैयाासम्म भाडा लिने गरिएको छ भने बेनी–तोरिपानीस्को ९ किलोमिटर सडकमा ३ सय भाडा छ । नेपाल सरकारले कच्ची सडकमा तोकेको भाडादरभन्दा तीनगुणा भाडा लिने र निजी सवारीसाधनको आफ्नै भाडादरले यात्रु समस्यामा परेका छन् । सदरमुकाम बेनीबजार तथा गाउँपालिकाको केन्द्र नजिकको ग्रामिण क्षेत्रबाट यात्रु ओसारपोसार गर्ने बोलेरो र जिपको कमाउ धन्दामा ट्राफिक कार्यालयले देखे पनि नदेखे झैं गर्दा जोखिम बढेको सर्वसाधारणको गुनासो छ ।

कच्ची र जोखिमपूर्ण मानिएका सडकमा सिट क्षमता चालकसहित ६ जना बोक्न पाउने नियम भएको अवस्थामा ६ जनाको सिटमा भित्रै ८ जना, पछाडि ८ जना र छतमा ७ जनासम्म बोलेरोले यात्रु कोचेर गन्तब्यसम्म पुग्ने गरेको छ । यता जिल्ला ट्राफिक कार्यालयले नियमित रुपमा क्षमताभन्दा बढी यात्रु बोक्नेलाई जरिवाना तिर्ने गरिएको र मुख्य सडक र बेलाबेलामा ग्रामिण क्षेत्रमा समेत छड्के गर्ने गरिएको अवस्थामा चेकजाँचलाई थप कडाई गरिएको जनाएको छ ।

क्षमताभन्दा बढी र तोकिएको भाडाभन्दा धेरै असुल्नेका बारेमा जानकारी दिन समेत ट्राफिक कार्यालयले अनुरोध गरेको छ । यता यातायात ब्यवसायीले समेत राज्यलाई कर तिरेर कानुनी प्रक्रिया पुरा गरेर मात्रै यात्रु बोक्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

 

 

Leave a Reply