जिल्ला खेलकुद विकास समिति म्याग्दीले राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जितेका म्याग्दीका खेलाडीलाई सम्मान गरेको छ। गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको राष्ट्रपति कपमा सहभागि भएर पदक दिल्याएका म्याग्दीका खेलाडीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गण्डकी प्रदेश खेलकुद समिति सदस्य चन्दा घले, कार्यालय प्रमुख दानबहादुर राई लगायतले पदक जितेका खेलाडीहरुलाई शनिबार कार्यालयमा सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको थियो ।

राष्ट्रिय स्तरको कवड्डीमा गण्डकी प्रदेशलाई रजत पदक जिताउन सफल गिता थजाली, शिला पुर्जा, गोमा विक, टाईगण्डोमा गण्डकीलाई रजत जिताउन सफल दिपेश पुर्जा, भलिबलमा गण्डकीलाई कास्यपदक जिताउन सफल सजिना बुढाथोकी, सविता बुढाथोकी, अनिसा रोका र करातेमा कास्य पदक जिताउने प्रेरणा रोकालाई सम्मान गरिएको थियो । राष्ट्रियस्तरको राष्ट्रपति कपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै म्याग्दीका ९ जना खेलाडी छनोट भएका थिए । सहभागी खेलाडीमध्ये ८ जनाले पदक जितेका थिए ।

सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले विभिन्न खेलकुद विधामा प्रदेश र राष्ट्रियस्तरको राष्ट्रपति कपमा म्याग्दी पदक दिलाउन सफल सफल खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई धन्यवाद दिनुभएको थियो । उहाँले आगामी दिनमा विभिन्न खेलकदु विधामा सक्षम खेलाडीलाई उत्पादन गराउन जिल्ला खेलकुद विकास समितिले प्रशिक्षकको ब्यवस्थापन गर्ने बताउनुभयो ।

Leave a Reply