म्याग्दीको मंगला गाउँपालिका-१, पूर्णगाउँका राष्ट्रिय जनजागृति माविलाई पूर्णगाउँ एकता समाज कतारले १ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरेको छ ।

रोजगारकाी सिलसिलामा कतारमा पुगेका पूर्णगाउँबासीले विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब,अपांगता बालबालिकाहरुलाइ छात्रवृत्ति दिने गरी १ लाख २० हजारको  कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले बताउनुभयो ।

‘यो कोषले विद्यार्थीलाई धेरै राहत हुन्छ,‘प्रवासमा रहेका पूर्णगाउँबासीको विद्यालयमा अतुलनीय योगदान छ, निरन्तर सहयोगको अपेक्षा गर्दछौ’ प्रअ राम्जालीले भन्नुभयो । पूर्णगाउँ एकता समाज कतारका सचिव मोहन बहादुर अर्मजाको बिशेष पहलमा संकलन भएको आर्थिक समाजका सदस्य ताजिन पु्नले हस्तान्तरण गर्नुभएको थियो ।

 

Leave a Reply