नेवार समुदायको संस्था नेपाल भाषा मंकाः खल अन्तरगत युवाहरुको संस्था ल्याम्हःपुचको अध्यक्षमा जेनेस श्रेष्ठ चयन हुनुभएको छ । शनिबार मंकाः खलको सभाहलमा आयोजित ल्याम्हः पुचःको चौँथो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । समितिको उपाध्यक्षमा सतिस श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप श्रेष्ठ, सह–सचिवमा रुविन श्रेष्ठ र सह–कोषाध्यक्षमा अभिनेष श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा नेल्सन श्रेष्ठ, विजय श्रेष्ठ, सुमिन श्रेष्ठ, ओस्कार श्रेष्ठ, सन्दीप श्रेष्ठ, सुजन श्रेष्ठ, रेजिन्सा श्रेष्ठ, पेरिसा श्रेष्ठ, बिस्मा श्रेष्ठ, निर्देश शाक्य, सन्दिप श्रेष्ठ, डिल श्रेष्ठ, अभिषेक श्रेष्ठ, सुनिल श्रेष्ठ र सज्जन श्रेष्ठलाई चयन गरिएको संस्थापक अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । साथै नवनिर्वाचित कार्य समितिको आईतवार सम्पन्न पहिलो बैठकले बिनय श्रेष्ठ, राजेश शाक्य, दिपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ, बिक्रम श्रेष्ठ, विपिन श्रेष्ठ, अर्विन श्रेष्ठ, नविन श्रेष्ठ, निराजन श्रेष्ठ र सविन श्रेष्ठ रहेको १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

कार्यक्रमको अवसरमा नेपाल भाषा मंकाःखलःले स्थानीय तहको निर्वाचनबाट निर्वाचित बे.न.पा.–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, सदस्यहरु सृजना श्रेष्ठ,विश्वास श्रेष्ठ (सोहन) र वडा नं–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकापना सहित सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बेनी नगरपालिका वडा नम्वर ७ का निवर्तमान वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,मंकाःखलःका संस्थापक अध्यक्ष शुदर्शनकुमार श्रेष्ठ, बर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कोषाध्यक्ष–ज्ञानेन्द्र श्रेष्ठ, वडा नं–८ का अध्यक्ष उत्तम कर्माचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । ल्याम्हःपुचःका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षता, सचिव सतिस श्रेष्ठले संचालन र उपाध्यक्ष विनय श्रेष्ठले धन्यबाद सहित समापन गर्नु भएको थियो । बेनीमा देखाइने बर्खे नाचमा यूवाको सक्रिय सहभागिता हुने गरेको छ ।

बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्। संस्कृतीनै लोप हुने अवस्था आउन नदिन युवाहरुले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको अवस्थामा ल्याम्हःपुचले संयोजन गर्ने गरेको छ । सदरमुकाम बेनीबजारमा तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको देखिन्छ ।

Leave a Reply