नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट म्याग्दीका धुब्रसागर शर्मा केन्द्रिय सदस्यमा विजय हुनुभएको छ । साढे दुईदशक देखि म्याग्दीको पत्रकारितामा सक्रिय शर्माले गण्डकी प्रदेशबाट ९०५ मत ल्याउँदै निर्वाचित हुनुभएको हो ।

शर्मा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुनुहुन्छ भने प्रेस युनियन म्याग्दीको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । बेनी साप्ताहिक समाचारपत्रका सम्पादक, राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स, इमेज टेलिभिजन, थाहा खवर रेडियो, अनलाईन लगायतका दर्जन संचारमाध्यममा आवद्ध रहनुभएका शर्माले म्याग्दीबाट पहिलोपटक केन्द्रिय सदस्यमा प्रतिनिधित्व गर्नुभएको छ ।

‘यो जितले मेरो अवको यात्रालाई थप सहज बनाएको छ,‘अब यूनियनका हरेक अभियानमा सहभागी हुने वातावरण बनेको छ’ केन्द्रिय सदस्य शर्माले भन्नुभयो । प्रेस यूनियनमार्फत पत्रकारिता क्षेत्रमा सक्ने सहयोग गर्ने समेत शर्माले बताउनुभयो । ८ वर्षपछि भएको महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। लम्सालले ७४५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याउनुभएको थियो । टौंडामा साउन ६ र ७ मा महाधिवेशन भएको थियो।

Leave a Reply