नेपाल भलिबल संघले गण्डकी प्रदेशका उपकप्तान बेनी नगरपालिका–९,का सुजन चोखाललाई नेट तानेको रेफ्रीलाई अभद्र ब्यवहार गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगायो । सुजनलाई अनुशासनको डण्डा चलाएपनि भलिबल संघले म्याग्दीका स्थापित भलिबल खेलाडी राजु थकालीलाई उत्कृष्ट खेल खेल्दाखेल्दै नाटकीय तरिकाले राष्ट्रिय टोलीको अन्तिम सूचीबाटै हटाएको थियो ।

राष्ट्रिय भलिबल टोलीका ओपन स्पाइकर समेत रहेका थकालीलाई प्रारम्भिक चरणका २५ खेलाडी भित्रैै नै नपार्ने गरी विभेदपूर्ण निर्णय गरेपछि उनको राष्ट्रिय टोलीबाट अधुरो सपना सहित विधाई भयो ।

नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीमा समेत रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलेका खेलेका म्याग्दी जिल्लाको मंगला गाउँपालिका-५ अर्मन टिकावाङका थकालीलाई हटाएको बिरोधमा खेलाडी र प्रशिक्षकले नै दवाव दिएपनि संघले सेटमा खेल्दै आएका अनुभवी खेलाडी थकालीलाई प्रारम्भिक चरणका २५ भित्रैै नपर्दा अनेक प्रश्न गरिएको थियो।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि २५ सदस्यीय टोलीभित्र र बंगलादेशमा सम्पन्न भएको एशियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल खेलमा नेपाली टोलीबाट सबैभन्दा उत्कृष्ट खेल देखाउनेमध्येमा थकाली पनि थिए ।

राष्ट्रिय टोलीका प्रशिक्षको समेत नजरमा परेका गौचनलाई संघले पन्छाएको थियो । टोलीमा अनुभवहीन खेलाडीहरूलाई अवसर दिएको भन्दै थकालीले आफ्नो पहुँच र आर्थिक हैसियत नपुगेकाले बाहिरएको प्रतिक्रिया दिएका थिए । अहिले नेपालको राष्ट्रिय टोलीले प्रतियोगितामा कमजोर प्रर्दशन गरिरहेको छ ।

अग्लो उचाई, मिजासिलो स्वभाव र दरिलो आत्मविश्वास बोकेर मैदानमा प्रवेश गर्ने गरेका थकालीले आफ्नो समुहलाई उपाधी जिताउन देखाउने कलात्मक प्रर्दशनले प्रशिक्षक र खेलाडी नै चकिन पर्ने गरेका थिए । खाडीमुलुक कतारबाट मासिक ५० हजारको तलब छोडेर नेपाल फर्किएका थकालीले नेपाली टोलीबाट खेल्दा पैसा नभएपनि इज्जत सम्झेर खेल्ने गरेको थकालीले क्षमताभन्दा पनि पहुँचकै कारण नेपाली भलिबलले गति लिन नसकेको बताउँछन् ।

‘मेरो चाहना लामो समयसम्म राष्ट्रिय टोलीबाटै खेल्ने थियो,‘राम्रो खेल्दा खेल्दै पनि टिमबाट हटाइएपछि पुनः प्रवेशको सम्भावना न्यून देखे’ थकालीले बेनीअनलाइनसँग भने । उत्कृष्ट खेलाडी छनोट हरेक मापदण्डमा स्तरीय प्रदर्शन गरेपनि अपमानजनक बहिर्गमन भएको उनको भनाई छ । यूवा खेलाडीलाई प्रोत्साहन गर्ने भन्दै छनौटका लागि तय गरिएका हरेक मापदण्डमा राम्रो प्रदर्शन गर्दा समेत टोलीबाट फ्याँकिएकोमा लामो समयसम्म पीडा महसुस भएको बताए ।

नेपाल प्रहरीमा समेत आवद्ध रहेका नेपाल राष्ट्रियस्तरका प्रतियोगिताका साथै धेरै विभागीय प्रतियोगितामा समेत नायक भएका थकालीले नेपाली भलिबल टोली खेलभन्दा पहुँचबाट पछाडी परेको अनुभव सुनाउँछन्। प्रहरीको टोलीमा थकालीले सिनियर खेलाडीको अभावलाई मेट्ने गरेको अवस्थामा बिभागीय टोलीको पारिश्रमिकले मात्रै टिक्न नसक्ने भएपछि बैकल्पिक यात्रामा हिडेको बताए । ‘मैले भलिबललाई अहिल्यै छोड्दैन, प्रतियोगिताहरुमा सहभागी हुन्छु,‘ सीप हस्तान्तरणको अवसर आएपनि तयार छु’थकालीले भने ।

नेपालमा राष्ट्रिय टोली बाहेक ब्यवसायीक खेलमा लामो भविस्य नभएपनि जुन ठाउँमा पुगेपनि भलिबलबाट आफ्नो पूरानो सपना पूरा गर्ने चाहना जिवित रहेको उनले बताए । खाडी मुलुक कतारमा कार्यरत रहँदा समेत म्याग्दीको तर्फबाट भलिबल खेलको पुराना दिनको सम्झनाले गौरव झनै बढेको अवस्थामा स्वदेश फर्किएर समेत आफ्नै गाउँपालिकाबाट समेत जिल्लास्तरीय भलिबलमा समेत सहभागी भएर च्याम्पियन बनाउन पाएको थकाली खुसी छन् ।

आफ्नो खेल हेर्द गाउँका मेलादेखि जिल्लास्तरसम्म आउने पिता दलप्रसादको साथबाट समेत खेल जीवनमै विताउने थकालीको अहिले अस्ट्रेलिया पुगेका छन् । उनले अस्ट्रेलियामा हुने नियमित खेलहरुमा सहभागीता जनाउने गर्दछन् । अस्टेलियामा भलिबलको क्रेज पनि उस्तै भएकाले थकालीलाई खेललाई निरन्तरता दिने बताउँछन् ।

राष्ट्रिय महिला टोलीको कप्तान पनि म्याग्दीकै अरुणा शाही छिन् । उनको नेतृत्वमा म्याग्दीले अन्तराष्ट्रिय उपाधी जितेको छ । महिला भलिबलमा शाहीको नाम स्वर्णिम अक्षरमा लेखिने प्रष्ट छ । उनीसँगै कमला पुन समेत राष्ट्रिय खेलाडी हुन् । महिलातर्फ पवित्रा विसीले समेत गण्डकी प्रदेशबाट खेल खेलिरहेकी छन् ।

महिला भलिबलमा म्याग्देली चेलीको उत्कृष्ट खेलले राष्ट्रिय टोलीमा स्थान जमिरहेको अवस्थामा पुरुषमा भने खेल अनुसारको अवसरबाट म्याग्देली खेलाडीलाई अवसरमा निरन्तरता दिने विभिन्न झमेला गर्ने गरिएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ बताउँछन् । उनले खेलाडीले अवसर पाएर गुमाउँदा पुन अबसर पाउन सक्ने सम्भावना कमजोर भएकाले भलिबलका खेलाडीलाई टिकाउन नसकिएको बताए ।

Leave a Reply