अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

On: July 25, 2022 1:05 PM
Follow Us:

पर्वतमा सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो। मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ।

दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्। दुर्घटना लगत्तै उद्धार गरिएका उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको छ।चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन्।