भारतमा उपचारर्थ म्याग्दीकी एक स्तन क्यान्सर पीडित महिलाको उपचारमा आर्थिक अभाव भएको छ । विगत दुईबर्षदेखि स्तन क्यान्सरबाट पीडित मंगला गाउँपालिका वडा नं १ कुहुँ निवासी ३९ बर्षिया मन्जु विकको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

भारतको राजिव गान्धी क्यान्सरमा उपचारथै विकलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएपछि उपचारमा समस्या भएको पीडितका श्रीमान पुस्कर विकले बताउनुभयो ।‘उपचारमा धेरै खर्च लाग्ने भएकाले समस्या भएको छ,‘नेपालभित्र उपचारमा परिवारबाटै खर्च गरेपनि भारतको खर्च ठेग्न सक्ने अवस्था नभएकाले सहयोगको याचना गरेको छु’ विकले भन्नुभयो ।

विकको स्तन क्यान्सरको पहिलो उपचार शल्यक्रिया नेपालमै गरिएको थियो । शल्यक्रियापछि अवस्थाअनुसार रेडियो थेरापी गरिएको थियो । नेपालमा गरिएको उपचारसँगै थप उपचारका लागि भारतमा लगिएपछि आर्थिक समस्या भएको मञ्जु विक उपचार अभियानका संयोजक भुपेन्द्र बुढाथोकीले बताउनुभयो ।

‘कम्तिमा २० लाख खचर्ए हुन्छ,‘सबैको साथ र सहयोगको आवश्यकता छ’ संयोजक बुढाथोकीले भन्नुभयो । विकको उपचारमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोगको याचना गरिएको छ । अहिले किमोथेरापी सहित नियमित चेकजाँच भइरहेको छ ।

पीडित मञ्जुका श्रीमानले यसअगाडी विभिन्न रोगबाट ग्रसित भएकाहरुको उपचारमा आर्थिक सहयोगको नेतृत्व सहित अभियान सञ्चालन गर्नुभएको थियो । बिकको स्तनक्यान्सरको दोस्रो अवस्थामा भएकाले नियमित उपचारपछि निको हुने चिकित्सकको भनाई छ । दोस्रो अवस्थाका बिरामीमध्ये ७० देखि ८० प्रतिशतसम्म र तेस्रो अवस्थाका बिरामीमा ६० प्रतिशतसम्म स्तन क्यान्सर निको हुने सम्भावना रहन्छ ।
थप जानकारी र सहयोगका लागि पुस्कर विक :- +918882719190 (India number)

Leave a Reply