बर्खायामको समयमा मेलापातमा ब्यस्त हुनुपर्ने अवस्थामा घरका अन्य सदस्यको भरमा सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा धाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी म्याग्दीको सदरमुकाम बेनीमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले गाउँमै पुगेर भत्ता वितरण गरेको छ ।

बेनी नगरपालिका–१०, पात्लेखेतमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस वडामा जेष्ठ नागरिकहरुको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण बैँकका शाखा प्रवन्धक प्रदिप खत्रीले बताउनुभयो ।

वडा कार्यालय र बैंकको समन्वयमा भत्ता लाभग्राहीहरुलाई पात्लेखेत स्थित वडा कार्यालयबाट भत्ता उपलब्ध गराईएको थियो । सोमवार भत्ता वितरण गरिएकोमा १७० जनाले लाभ लिएको बैंकका कर्मचारी अनिल पौडेलले जानकारी दिनुभयो । वर्षा र चिप्लोका कारण हत्तपत्त सवारी नपाइने र अन्य खर्चले भत्ता सबै बाटोमा सकिने अवस्थामा गाउँमै पुगेर सेवा दिन थालेपछि बृद्धबृद्धा समेत उत्साहित भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेका वित्तिय संस्थाले अझैपनि भत्ता वितरणमा बृद्धबृद्धाका लागि सहज हुने गरी काम गर्न नसकिरहेको गुनासोका बिच पछिल्लो समय सरकारी र निजी वित्तिय संस्था गाउँमै पुगेर सेवा दिन थालेका छन् ।

Leave a Reply