म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा बन्यजन्तुको शिकार र जडिबुटीको अवैध निकासीलाई प्रतिबन्ध गरिएको छ। वडाभित्रको सामुदायिक तथा सरकारी बनमा हुने जन्तुको शिकार र जडिबुटी निकासीका बारेमा गुनासो आउन थालेपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी कडाई गरेको छ । वडाभित्र चाडपर्व, विवाह,बर्तबन्ध, काजकृयामा समेत जुवाताज खेल्न रोक लगाएको छ ।

वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले वडाभित्रका सबै बस्तीमा जनप्रतिनिधि, स्थानीय आमा समुह, अन्य संघसंस्था र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमार्फत जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनुभयो ।‘समुदायको साथ र सहयोग छ,‘वडामार्फत गर्रिएको अपिललाई सबैले साथ दिनुहुने छ’ अध्यक्ष शेरपुञ्जाले भन्नुभयो । वडाभित्र नियमित जुवातास खेल्ने स्थानहरुमा समेत वडाले संघसंस्थामार्फत निगरानी गरिने जनाइएको छ । वडा कार्यालयले सार्वजनिक गरेको सूचनाको उल्लंघन गर्नेलाई काुननी कारवाही गरिने जनाइएको छ ।

Leave a Reply