मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिका-५,नमखुलेकमा चौंरी र याकको आलो रगत पिउने मेलामा रगत पिउनकै लागि सर्वसाधारणको भीड लागेको छ।मेलामा दैनिक सयजनाभन्दा बढी मानिस चौंरी र याकको आलो रगत पिउन थामिनसक्नु भिडले स्थानीय कृषकहरु उत्साहित छन् ।

पैदलमार्ग हुदै लेकमा पुगेर मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिसहरू चौंरीखर्क पुगेर रगत पिइरहेकाका सर्वसाधारणले हिमाली लेकमा पाइने शक्तिवर्धक जडिबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, वन लसुन, पाँचऔंले, जिम्बुलगायत खाने भएकाले याकचौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वास गर्दछन् । एउटै ब्यक्ती १० औं पटकसम्म चौरीको आलो रगतका लागि बर्खाको समयमा समेत जोखिम मोलेर खर्कमा पुग्ने गरेको पाइन्छ ।

म्याग्दी र मुस्ताङको खर्कमा हरेक बर्ष हुने चौरीको रगत पिउने मेलामा यूवायूवतीदेखि बृद्धबृद्धासम्मले आफ्नो रोग निको भएको समेत बताउँछन्। चौंरी र याकको आलो रगत खानाले यौनशक्ति वृद्धि हुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसरलगायत रोगहरू निको हुने सर्वसाधारणको प्रतिक्रियामा चिकित्सक भने सहमति छैनन् । यस विषयमा चिकित्सकहरू मौन छन्। बरु खुल्लाचौरमा चौरीको घाँटीमा चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर घुटुघुटु पिएको दृश्यले चिकित्सकहरु नै आश्र्चय चकित छन् ।

पशुचौपायाको आलो रगतलाई औषधीको माध्यम बनाउने परम्परालाई विस्तारै निरुत्साहित गर्नुपर्नेमा चिकित्सकको जोड छ। बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन जितेन्द्र कँडेलले आलो रगतले रोग निको हुने जनविश्वास मात्रै भएको बताउनुभयो । ‘जनविश्वासलाई सम्मान गदैं अव विस्तारै निरुत्साहित गर्नुपर्छ,‘आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुन्छ’ डा. कँडेलले भन्नुभयो ।

आलो रगत र मासु विज्ञानमा ताजा रगत खान योग्य बस्तु वा भागको रूपमा परिभाषित नगरिएको समेत डा. कँडेलको भनाई छ । सामान्य शारीरिक प्रक्रिया अनुसार संक्रमण गराउने हानिकारक विषाक्त तत्वहरू रगतको शुद्धीकरण प्रक्रिया पछि मूत्र प्रणाली मार्फत् बाहिर जान्छन् । पशुको रगत संक्रमण फैलिएको अवस्थामा मानिसले तातो ताजा रगत पिउँदा शरीरमा नै संक्रमणको जोखिम हुने समेत डा. कँडेलको बताउनुभयो ।

आलो रगतले बाहिरी किटाणुहरु सर्न सक्ने उत्तिकै सम्भावना हुनछ । नेपालमा आलो रगतबाट रोग निको हुने भन्दै बाख्राको रगत समेत पिउँदा झन रोगले ग्रसित भएका थुप्रै उदाहरण रहेको बताउँदै पशुचौपायाको आलो रगत पिउनुपर्ने अवस्थालाई विस्तारै हटाउनुपर्नेमा चिकित्सकको जोड छ ।

हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिररमाभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिनछ । आलो रगतको परम्परालाई निरुत्साहित गदैं अन्य पशुचौपाया सहर मासु र रगतलाई पकाएर सेवन गर्न पशु चिकित्सकले नै सुझाव दिने गरेका छन् ।

पशुचौपायाको प्रर्बधनमा सक्रिय हुने भएकाले पशुसेवासम्बन्धि सरकारी निकायले मेलामा पशुको परीक्षण सहित औषधी उपलब्ध गराउने गरेका छन् । बि.स २०५३ साल देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा हिमाञ्चल उच्च मावि नागी र पाउद्धार माविको शैक्षिक तथा भौतिक पुर्वाधार जुटाउन हरेक बर्षको दुईपटक मेला लाग्ने गरेको छ । नेपालमा हुने चौरीको आलो रगत पिउने मेलालाई चिकित्सकले अनौठो र अन्धविश्वासको कारण मान्ने गरेका छन् ।

Leave a Reply