अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मालिकामा कार्यालय समय भित्र सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

On: July 27, 2022 3:13 PM
Follow Us:
---Advertisement---

म्याग्दीको मालिका गाउँपालिकाले कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गाउँपालिका मातहतमा रहेका कार्यालयमा कर्मचारीले कार्यालय समयमा समेत आफ्नो काम छोडेर सामाजिक सञ्जालमा तस्वीर, भिडियो हाल्ने गरेको गुनासो आउन थालेपछि कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो ।

‘सामाजिक सञ्जाल चलाउँदा कार्यालय सञ्चालन र सेवा प्रवाहमा समस्या आएको गुनासो छ’ प्रप्रअ काफ्लेद्धारा जारी निर्देशनमा भनिएको छ । कार्यालय समयमा फेसबुक, इस्ट्राग्राम, टिकटक, भाइबर, ह्वाट्स लगायतका सामाजिक सञ्जाल चलाउन रोकको निर्णयको प्रभावकारी अनुगमन गरिने गाउँपालिकाले जनाएको छ । म्याग्दीमा सरकारी निकाय, स्थानीय तहका साथै विद्यालयमा समेत शिक्षकले कक्षा कोठाभित्र मोबाइल प्रयोग गर्ने गरेको गुनासो आउने गरेपनि प्रयोगमा रोग लगाउने व्यवस्था गर्न सकिएको छैन्।