सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले बुधबार सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) जिललमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट एसईईमा सहभागी दुई विद्यार्थीले ३.९५ जिपिए प्राप्त गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका बरंजा भई हाल बेनीमा बस्ने उत्सव सापकोटा र महोत्तरी जिल्ला स्थायी ठेगाना भई हाल बेनीमै बस्ने बब्लु शाहले समान जिपिए ल्याएर म्याग्दी प्रथम भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो । ‘दुवै विद्यार्थीको नतिजा धौलागिरीको चारवटै जिल्लामै सर्वोत्कृष्ट हो,‘विद्यार्थीको मेहनत अनुसारको नतिजा आउन सकेन’ प्रिन्सिपल सुबेदीले भन्नुभयो ।

उहाँका अनुसार जिल्ला तथा धौलागिरी प्रथम सापकोटा र शाहले ४ जिपिए ल्याउने आश विद्यालयको थियो । विद्यालयबाट सहभागी भएका २२ जना विद्यार्थी सबैले ३ भन्दा माथि जिपिए ल्याएका छन् ।

बि.स २०६० सालमा पहिलोपटक म्याग्दीमा मन्टेश्वरी शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षाभन्दा पनि विद्यार्थीलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको संस्थापक बालकृष्ण सुबेदीले बताउनुभयो । विद्यार्थीकाृे उत्कृष्ट नतिजामा अभिभावकको नियमित निगरानीका साथै विद्यालयका हरेक गतिविधि, विद्यार्थीको सिकाई अवस्थाका बारेमा अभिभावकलाई जानकारी हुनु समेत रहेको विद्यालयले जनाएको छ ।

 

 

Leave a Reply