म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका एक विद्यार्थी सामुदायिक तर्फबाट प्रथम स्थान हासिल गरेका छन् । बेनी नगरपालिका-९, हटिया स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ निवासी प्रेम श्रेष्ठले ३.९० जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ अब्बल नतिजा ल्याउन सफल भएको विद्यालयका निमित्त प्रधानाध्यापक लेख बहादुर हमालले बताउनुभयो । ‘सामुदायिकमा प्रथम, सम्रग जिल्लातर्फ दोस्रो स्थान प्राप्त भएको छ’ निमित्त प्रअ हमालले भन्नुभयो ।

यसपटक विद्यालयबाट सहभागीमध्ये ३.८५ जिपिए सहित प्रविण सुबेदी र प्रकृति सुबेदी जिल्ला द्धितिय भएको विद्यालयले जनाएको छ । विद्यालयमा पछिल्लो समय निजी विद्यालय समेत छोडेर विद्यार्थी जान थालेपछि पठनपाठन सहित अतिरिक्त तयारीमा समेत विद्यालयले ध्यान केन्द्रित गर्ने गरेको छ ।

विद्यार्थीको पठनपाठनका बारेमा नियमित अभिभावकसँग समेत समन्वयले समेत एसईई परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार श्रेष्ठले बताउनुभयो । ‘विश्वास गर्नुस्, हामी गुणस्तरीय शिक्षा दिन सधै प्रतिबद्ध छौं’‘नतिजा राम्रो आउनेमा विश्वस्त थिए’श्रेष्ठले भन्नुभयो । म्याग्दीको पूरानो सामुदायिक विद्यालय रहेको प्रकाश माविमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको विद्यालयले यसपटकको नतिजाले उ्रत्साहित भएको जनाएको छ ।

 

 

Leave a Reply