कमलकाे फुल हिलोमा फुल्दछ । पिपलकाे बाेट चट्टान फाेडेर भए पनि उम्रन्छ । यस्तै एक कमलकाे फुल पिपल झै चट्टान फाेडेर उम्रेका छन् । उनी हुन् प्रकाश माविका छात्र प्रेम श्रेष्ठ । एसईइ २०७८ काे श्रावण ११ गते बुधबार नतिजा प्रकाशन हुदा म्याग्दी जिल्लामा भने सामुदायिक विद्यालय तर्फ प्रकाश माध्यमिक विद्यालयका प्रेम श्रेष्ठले ३.९० जिपिए प्राप्त गरि अञ्चल टप गरेका छन् ।

बेनी नगरपालिका ९ घतानमा अध्ययन गर्दै गर्दा पारिवारिक आर्थिक समस्याका कारण खेती किसान गर्न बुबा सपरिवार ससुराली गाउँ बसाइँसराइ गर्नु पर्यो । प्रेम पनि जलजला गाउपालिका पर्वत धाईरिङ बुबाआमासंग मामाघर गै फर्से धाईरिङ मावि पढ्न बाध्य भए । तर विडम्बना बुबा देवीप्रसाद श्रेष्ठको कलिलो उमेरमा निधन भयाे ।

श्रीमानकाे निधन पछि आमाकाे एउटै साहारा थिए छाेरा प्रेम । पढाइमा अब्बल भएका कारण प्रेमलाई न्यु हाेराईजन अामावि पर्वत बेनीमा पढाउने निर्णय गरि कक्षा ८ मा भर्ना गरे अनि प्रेमले उत्कृष्ट नतिजा पनि दिए । “अार्थिक लगायत पारिवारिक समस्यामा थिए नै । तर भाइ भएकाे नाताले प्रकाश माविले पनि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेकाेले सामुहिक प्रयास गरि कक्षा ९ मा भर्ना गर्याै ।” स्मरण गर्दै शिक्षक डिलप्रसाद श्रेष्ठ ‘लक्ष्मण’ स्मरण गर्छन् । शिक्षक टेकप्रसाद सुवेदी थप्छन्-“पढाइमा मात्र हाेईन अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए प्रेम । हाजिरीजवाफमा प्रेम, प्रकृति, समीर, सृकृतिहरु जिल्ला देखि अञ्चलसम्म जहाँ गए पनि प्रथम भए ।”

“अघिल्लो २ वर्ष पनि चाहना, सुस्मिता, प्रभाष, सभन, झरना, प्रत्युस जस्ता ४ जिपिए सहित टप गर्ने विद्यार्थीहरु थिए ।” उत्साहित हुदै निमित्त प्रअ लेख बहादुर हमाल थप्छन् – “काेराेनाकाे कारण टप गर्ने सपना अधुरो थियाे । उत्कृष्ट विद्यार्थी परिक्षण हुन पाएनन् । तर अहिले समग्रमा जिल्ला द्वितीय, सामुदायिक विद्यालय तर्फ प्रेम श्रेष्ठ अञ्चल प्रथम, प्रकृति सुवेदी र प्रविण सुवेदी ३.८५ जिपए सहित जिल्ला द्वितीय भएर विद्यालयकाे नाम उचाे बनाएकाछन्। सम्भवत याे नतिजा साविक अञ्चल कै उत्कृष्ट हुन सक्दछ, हामी खाेजी गर्दैछाैं ।”

“सामुदायिक विद्यालय पनि निजी भन्दा कम छैनन् भन्ने प्रमाणित भएकाे छ ।” खुशी हुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार श्रेष्ठ थप्छन् -“विश्वास गर्नुस्, हामी गुणस्तरीय शिक्षा दिन सधै प्रतिबद्ध छाैं । मेहनत गर्नुहुने सरमिस र विद्यालय प्रशासन बधाईका पात्र हुनुहुन्छ ।” “पछिल्लो समय सामुदायिक विद्यालयप्रति विश्वास बढ्दो छ । ” विव्यस सदस्य तथा कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ थप्नु हुन्छ-“प्रकाश माविकाे नतिजाले यसलाई प्रमाणित गरेको छ ।” “नतिजा राम्रो आउनेमा विश्वस्त थिए ।

” भावुक हुदै प्रेम श्रेष्ठ थप्छन् – ” सफलताकाे श्रेय आमा सहित परिवारजन, गुरुवर्ग र विद्यालय परिवारलाई दिन चाहन्छु । ” विद्यार्थी जिवनमा एक वर्ष बाहेक सबै कक्षाहरु सामुदायिक विद्यालय अध्ययन गरेका प्रेमकाे सफलताले सफल हुन आफ्नो मेहनतमा भर पर्ने उदाहरण प्रष्ट पारेकाेछ । प्रेम आउदाे पिढिका लागि प्रेरणाको श्राेत बन्न सक्छन् । प्रकाश माविको नाम राख्न सफल काेइला भित्रका हिरा प्रेम श्रेष्ठलाई बधाई सहित शैक्षिक भविष्यकाे शुभकामना !

Leave a Reply