राष्ट्रिय परीक्षा बाेर्डले सञ्चालन गरेकाे एसइइ परीक्षा २०७८ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई शुक्रबार प्रकाश माविले सम्मान गरेकाे छ ।

प्रकाश माध्यमिक विद्यालयबाट सम्मिलित भै ३.९० जिपिए सहित सामुदायिक विद्यालय तर्फ साविक धाैलागिरी अञ्चल प्रथम, सामुदायिक विद्यालय तर्फ जिल्ला प्रथम र समग्रमा जिल्ला द्वितीय प्रेम श्रेष्ठ, ३.८५ जिपिए सहित सामुदायिक विद्यालय तर्फ छात्रा जिल्ला प्रथम र समग्र जिल्ला द्वितीय प्रकृति सुवेदी, ३.८५ सहित सामुदायिक विद्यालय तर्फ जिल्ला द्वितीय प्रविन सुवेदी र ३.६० जिपिए सहित सामुदायिक विद्यालय तर्फ छात्रा जिल्ला तृतीय सुकृति पाैडेललाई नगद र सम्मान पत्रले सम्मान गरेकाेछ ।

प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख सुरत के. सी. ले प्रकाश माविले उत्कृष्ट नतिजा ल्याएर विद्यालयकाे नाम राख्दै सामुदायिक विद्यालयलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेकाे बताउनु भयाे । कार्यबाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठले सामुदायिक विद्यालय तर्फ आकर्षण बढेको बताउदै कक्षा ११ मा विज्ञान सहित धेरै भन्दा धेरै विषय प्रकाश माध्यमिक विद्यालयमा अध्यापन हुने हुदा थप अध्ययनकाे यसै विद्यालयलाई पहिलो प्राथमिकता राख्न अाग्रह गर्नु भयाे ।

बेनी नगरपालिका ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष दिनेश शर्मा, समिति र संघका पदाधिकारीहरु, अभिभावकहरु उपस्थित रहेकाे सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै निमित्त प्रअ लेखबहादुर हमालले विगत दुई वर्षमा काेभिडकाे कारण उत्कृष्ट नतिजाको उत्सव मनाउन नपाए पनि यस वर्ष पूरा भएकाे र आगामी वर्षमा पनि उत्कृष्ट नतिजा ल्याउन प्रतिबद्ध रहेकाे बताउनु भयाे ।

उत्कृष्ट विद्यार्थीका साथमा सम्मिलित र सफल विद्यार्थीहरु, अभिभावकहरु र विषयगत शिक्षकहरुलाई समेत सम्मान गरेकाे बधाई तथा सम्मान कार्यक्रम कार्यबाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता र शिक्षक विनय श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Leave a Reply