बेनी नगरपालिका-८,कालिपुलका पुजन पुन आधादशक यता ट्याटु ब्यवसायमा ब्यस्त छन् । युवा पिँढीमा निकै नै लोकप्रिय ट्याटु खोप्न पुजनको बेनी ट्याटु हाउसमा दैनिक भिड लाग्छ। ग्राहकको चाहना अनुसारको ट्याटु खोप्ने गरेका पुजनको कलात्मक शैलीले ग्राहकको चाप समेत बढेको छ ।

शरीरमा विभिन्न प्रकारका आकृति बनाउन यूवापुस्ताको चापसँगै सबै वर्ग र उमेर समूहका व्यक्तिले ट्याटु मन पराउने थालेपछि पुजनको ब्यवसाय फस्टाइरहेको छ। ट्याटु खोपेर उनले मासिक ६० देखि १ लाखसम्म आम्दानी गर्ने गरेका छन् । इन्टरनेट र प्रविधिको प्रयोग गरी कलात्मक ट्याटु बनाउने भएकाले छिमेकी बागलुङ र पर्वतबाट समेत यूवाहरु आउने गरेका छन् ।न्यूनतम २ हजारदेखिमाथि मेहनत अनुसार २० हजारसम्म लिने गरिन्छ । पूजनले आफ्नो रुचीको ब्यवसायलाई विभिन्न माध्यमबाट सिकेका थिए।

‘ट्याटु छालामा बनाइने रंगहरूको कला हो,‘सहरदेखि ग्रामिण क्षेत्रसम्म ग्राहक छन्’ पूजनले भने । पाँचबर्षको अवधिमा ट्याटु सोखमात्र नभई मायाको चिनोका रुपमा पनि प्रयोग गर्ने गरेको पाइएकाले ब्यवसायमा उत्साह थपिएको बताए । उनले ग्राहकहरूको चाहना अनुसारको ट्याटु बनाउन सकिने बताए। ट्याटु हान्न कुनै उमेर, लिङ्गले नछेक्ने भएपनि बालबालिकालाई अभिभावकको अनुमति र सिफारिसमा मात्रै ट्याटु खोप्ने गरेको बताए ।

‘यो कलाको ब्यवसायमा सिर्जनशिल हुनुपर्छ,‘अहिले मानिसहरुले आफ्नो पेशा अनुसारको आकृति बनाउने धेरै भएकाले उत्साहित छु’ पूजनले भने। विगतको तुलनामा अहिले ट्याटु बनाउने रुचिमा धेरै परिवर्तन आएकाले सहज भएको बताए । ट्याटुका लागि शरीरको उपयुक्त स्थान सावधानीपूर्वक छनोट गर्नुपर्छ । ट्याटु खोप्न सामान्यतया कलाकारले मेसिन प्रयोग गरिन्छ ।

आर्टिस्टको चाहनाभन्दा पनि ग्राहकको आवश्यकता अनुसारको ट्याटु खोप्ने गरिएकाले सकेसम्म नहटाउने गरी बनाउनुपर्ने पूजनको भनाई छ । छालामा बारम्बार एक वा अधिक सुईको प्रयोग गरिएपनि एउटाकोमा प्रयोग गरेको अर्कोमा प्रयोग नगर्ने पूजनको भनाई छ । कुनै समय शरीरमा खोपिने ट्याटुलाई समाजमा नराम्रो दृष्टिले हेर्ने गरिएपनि अहिले ट्याटुको महत्व बुझ्न थालिएपछि आर्टिस्ट समेत उत्साहित छन् ।ट्याटु खोप्दा रोग, दुःख र शत्रुले आक्रमण गर्न नसक्ने धार्मिक जनविश्वास समेत रहेको पाइन्छ ।

Leave a Reply