लायन्स क्लव अफ बेनी महारानीले बेनी–दरबाङ सडकखण्ड आसपासका क्षेत्रमा बृक्षारोपण गरेको छ । सडकखण्डको अग्नीखेतदेखि डम्बरासम्म मुल सडकको दायाँ बायाँ क्षेत्रमा बृक्षारोपण गरिएको क्लवले जनाएको छ । वर्षायाममा सहज रुपमा बिरुवा हुकर्ने भएकाले दैनिक जीवनमा काम लाग्ने कल्की, कपुर, पारिजात लगायतका प्रजातिका १ सय बिरुवा लगाइएको क्लवकी अध्यक्ष भिमकुमारी सुबेदीले बताउनुभयो।

‘सडक आसपासमा सुन्दर देखिने फुल लगाइएको छ,‘आगामी दिनमा पनि निरन्तरता दिन्छौ’ अध्यक्ष सुबेदीले भन्नुभयो । क्लवको बृक्षारोपण अभियान जस्तै भएको बताउनुभयो । बृक्षारोपणमा जोन चियरपर्सन संगीता श्रेष्ठ, पूर्व अध्यक्ष संगीता श्रेष्ठ, प्रमिला जोशी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी जिल्लामा लायन्समा आवद्ध रहेर महिलाले समेत विभिन्न सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले क्लवको स्थापना गरिएको थियो ।

क्लवमार्फत विभिन्न रचनात्मक कार्यक्रमसँगै आयमुलक तालिम समेत सञ्चालन हुने गरेको छ छ ।सडक आसपासका क्षेत्रमा गरिएको बृक्षारोपणलाई पैदलयात्री, स्थानीयबासीले समेत बिरुवा हुर्काउने र संरक्षण गर्ने कार्यमा सघाउन समेत लायन्स क्लव बेनी महारानीले अनुरोध गरेको छ।

Leave a Reply