-विनय श्रेष्ठ , म्याग्दी ।
साहित्यकार सञ्जय कुमार श्रेष्ठको गित संग्रह तिम्रै यादमा विमाेचित भएकाे छ । प्रमुख अतिथि बेनी नगरपालिका वडा ८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रमा अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा र पुलत्श्य साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर बानियाँले संयुक्त रुपामा उक्त कृति विमाेचन गरेका हुन् ।
लामाे समय कला संस्कृति जगेर्ना र लेखन क्षेत्रमा याेगदान पुर्‍याएका श्रेष्ठको याे दाेस्राे कृति हाे । यस अघि तालि र गाली लघुकथा प्रकाशन गरेका थिए । समारोहमा बाेल्दै करिव ४४ वर्ष शिक्षण सेवामा अ‍ावद्द भै जिल्लाकाे सांस्कृतिक याेगदान पुर्याएका, रेल पुग्याे बम्बईमा, भेट भयाे सलल, दाेभान व्याण्डकाे पहिला नजर र जिस्की नहिड जस्ता लाेक र पप गित, म्याग्दी काली एफएममा बज्ने जिङ्गलका स्रष्टा श्रेष्ठले आगामी दिनमा लेखन कार्यलाई निरन्तरता दिने बताए ।
जेष्ठ नागरिक सेवा केन्द्रका सचिव पुर्ण बहादुर जिसि र साहित्यकार अजय मिलन श्रेष्ठको सञ्चालन, उपाध्यक्ष नैनकुमार श्रेष्ठको स्वागत रहेकाे उक्त खिर खाने तथा पुस्तक विमाेचन समारोहमा पुस्तक समीक्षा र समाेलचना गर्दै साहित्यकार राम प्रसाद सुवेदीले ३५ सालमा प्रकाश मावि पढ्न आउदा देखि हालसम्म बेनी बजारमा हुने हरेक सांगेतिक र सांस्कृतिक कार्यक्रम सञ्जयसर विना पूरा नभएकाे र उहाँकै सक्रियताले जिवन्त रहेकाे साथमा उहालाई सधै युवा रहन साथ दिएकाले रचनालाई निरन्तरता दिन र कृति पढन याेग्य रहेकाेले बधाई ज्ञापन गरेका थिए ।

Leave a Reply