पर्वतको जलजला गाउँपालिकास्थित पर्वत बेनीमा सक्रिय रहेको उत्साही समुहको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।समुहको उपाध्यक्षमा किरण कार्की, सचिवमा राजकुमार परियार, सहसचिवमा सज्जन सुवेदी र कोषाध्यक्षमा दिलिप राम्जाली चयन हुनुभएको छ।

सदस्यहरुमा स्वदेश श्रेष्ठ, सरोज जिसी, रामजी थापा, रमेश पौडेल, महेश श्रेष्ठ, मदन रेग्मी, सञ्जय कार्की र आशिष भुजेल चयन हुनुभएको सचिव परियारले जानकारी दिनुभएको छ । त्यस्तै संस्थापक अध्यक्ष दिलिप बरुवाल, विक्रम सुवेदी, मनोहर श्रेष्ठ, वडा सदस्य ठाकुर रेग्मी, शिव आचार्य, राजु कँडेललाई सल्लाहकारमा चयन गरिएको छ । समुहले कालीगण्डकी आमा समुह र लायन्स क्वल अफ मल्लाजलाई पनि संस्थागत सल्लाहकारको रुपमा चयन छ ।

समुहले खेलकुदको विकास, कला संस्कृतिको संरक्षण र टोल सरसफाई, सामाजिक विकृति जन्य गतिविधिलाई निरुत्साहित पार्ने खालका अभियान संचालन गर्दै आएको छ । प्राकृतिक विपतको समयमा सघाउने देखि लिएर सामाजिक सचेतनाका कार्यहरुमा सक्रिय हुँदै आएको समुहले मासिक एक सय रुपैयाँ संकलनगरि राहत कोष स्थापना गर्ने योजना समेत बनाएको सचिव परियारले बताउनुभयो ।

Leave a Reply