विगत ७ महिनादेखि बेपत्ता बेनी नगरपालिका वडा नं ३ भकिम्ली भुकभुके गाउँका एक पुरुष अझै फेला परेका छैनन् । गतबर्षको माघ महिनामा घरबाट निस्किनुभएका ३६ बर्षिय पुर्ख बहादुर आले मगरको खोजीकार्यमा जुटेपनि हालसम्म पत्ता लागेको छैन् ।

बेपत्ता आले मगरको म्याग्दीका साथै छिमेकी बागलुङ जिल्लाका विभिन्न स्थानमा खोजीकार्य गर्दा समेत फेला नपरेपछि आफन्त खिमबहादुर आले मगरले बताउनुभयो ।  ‘बेलाबेलामा आफन्तकोमा जानुहुन्थ्यो,‘सबैतिर खोजीकार्य गर्दा समेत फेला पार्न सकिएन’ खिमबहादुरले भन्नुभयो । सुस्त मनस्थिीतिका आले मगरलाई तातोपानी कुण्ड आसपासमा देखेको बताएपछि आफतले खोजीकार्य सुरु गरेका छन् ।

गएको जेठ महिनाको २४ गते भकिम्लीका स्थानीय पुनम पुन मगरले तातोपानी बजारमा हिडिरहेको अवस्थामा भेटेको बताएपछि पश्चिम म्याग्दीमा हुनसक्ने आफनतले अनुमान गरेका छन् । बेपत्ता पुर्खबहादुर भकिम्लीको बालम बरङ्जाको पेला लगायतका ठाउँमा जाने आउने गरेको अवस्थामा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् ।

कोहि महानुभाव हरुले सम्पर्क नम्बर : ९८६०२९८६२८ ( खिम बहदुर आले मगर) ९८४४९१६१३७ ( ममती आले मगर) ९८६७७०३३०२( कृष्ण बहादुर आले मगर ) यो सम्पर्क नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछु। 

 

 

Leave a Reply