म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पैयूपाँटा र ओखरामा एक–एक घर भत्किएको छ । लगातारको वर्षाका कारण पैयूपाँटाका सिर बहादुर किसान र ओखराकी मायाँ किसानको घर भत्किएको हो । ढुङ्गामाटोले बनेको एक तले घर भत्किएपछि स्थानीय र आफन्तकोमा बसेको वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।

अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । भुकम्प र मर्मतको अभावका कारण घर भत्किएकालाई आवश्यक राहत उपलब्ध गराउने वडा अध्यक्ष रोकाले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवार भएकाले आर्थिक संकलन तथा गाउँपालिकाबाट समेत राहतको ब्यवस्थापन गरिने जनाइएको छ ।

Leave a Reply