पश्चिम म्याग्दीको लाइफलाइन बेनी-दरवाङ सडकखण्डमा पर्ने दुखुखोलाको मोटरेबल पुल जोखिममा परेको छ । निरन्तरको बर्षासँगै दुखु खोलामा आएको बाढीले पुल आसपासको क्षेत्र कटान गरेपछि जोखिममा परेको हो । मङ्गला र मालिका गाउँपालिकाको सिमाना रहेको पुल निरन्तर कटानले ठूला सवारीसाधन आवतजावतमा समस्या भएको मंगला–२ का स्थानीय यूवा श्रीराम पौडेलले बताउनुभयो ।

‘तटबन्धन कमजोर हुदाँ कटानले पुल नै जोखिममा परेको छ,‘थप क्षती हुनबाट जोगाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छौ’ पौडेलले भन्नुभयो । उर्लिएर आउने दुखु खोलाको जोखिम न्यूनिकरण गर्न स्थानीय तह, पूर्वाधार कार्यालयले समेत चासो देखाएको छैन । कूल २० मिटर लामो र ६ मिटर फराकिलो रहेको सो पक्की पुल निर्माणमा २ करोड ६ लाख १२ हजार ७ सय ३९ खर्च भएको थियो ।

 

Leave a Reply