लगातारको बर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

‘मुख्य अवरुद्ध पन्छाउन समय लाग्छ, सामान्य अवरोधलाई तत्काल हटाउने गरिएको छ’ प्रमुख प्रजापतिले भन्नुभयो । पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उहाँको भनाई छ ।

बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम रहेको छ । म्याग्दी–काभेभीर सडकको सिमानाको बाँदरजुंगे भिर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रुले जोखिममा परेको छ । काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको प्रत्यक्षदर्शीको भनाई छ ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदार ै असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ । विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ ।

भारी बर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।

 

Leave a Reply