बेनी नगरपालिका-३,भकिम्लीमा रहेको जयन्ती माध्यामिक बिद्यालयको प्रधानाध्यापकमा भोजबहादुर जिसी नियुक्त हुनुभएको छ ।सोमबार विद्यालयमा आयोजित भेलाको सर्वसम्मतिबाट जिसीलाई प्रअमा नियुक्त गरेको हो । समुदायको पहलमा भौतिक पूर्वाधार सहितको संरचना बनिसकेको अवस्थामा शैक्षिक गुणस्तरलाई केन्द्रित गर्न विद्यालयमा आयोजित भेलाले जिसीलाई नयाँ प्रअको जिम्मेबारी दिएको जनाइएको छ ।

विब्यस अध्यक्ष एवम् वडा अध्यक्ष पदम पुन, शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसी, मुसुङडोले आमाविका विब्यस अध्यक्ष गोविन्द पुन, स्थानीय दलित अगुवा रामबहादुर किसान लगायत शिक्षक, अभिभावकको उपस्थिती रहेको थियो । भेलामा भौतिक संरचना प्रयाप्त भएको अवस्थामा शैक्षिक गुणस्तरका लागि अबको रणनीति बनाउनुपर्नेमा जोड द्रिइएको थियो ।

‘भकिम्लीबासीको प्रयासमा विद्यालय यहाँसम्म आएको छ,‘अब थप प्रगति सहित अगाढी बढ्नुपर्छ’ वडा अध्यक्ष पुनले भन्नुभयो । भेलामा निर्वतमान प्रअ रामबहादुर पुनको नेतृत्वमा भएका कामको समेत प्रशंसा भएको थियो ।
स्थानीयको एकल प्रयासमा सुरू भएको भवन निर्माणकार्यमा विस्तारै सरकारी निकायबाट समेत सहयोग थपिदै गएपछि २० कोठे सुविधासम्पन्न विद्यालय भवन तथा खेलमैदान समेत बनेको छ ।

स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीको चन्दा, जनश्रमदान लगाएत विभिन्न माध्यमबाट कुल ३ करोड ३७ लाखको लागतमा विद्यालयको ठडिएपछि अबको योजना गुणस्तरीय शिक्षा भएको वडा अध्यक्ष पुनले बताउनुभयो । अत्याधुनिक विद्यालयको भवनसँगै शैक्षिक गुणस्तरबृद्धिमा केन्द्रित हुने बताउनुभयो । सामुदायिक विद्यालयमा जिल्लाकै नमुना बनाउने गरी शैक्षिक महोत्सव, बहस, कार्ययोजना सहित स्थलगत अनुगमन भ्रमणलाई समेत प्राथमिकता दिने जनाइएको छ ।

Leave a Reply